पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा - नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ कीर्तिमान बनाएको छ ।

यो विशेष हस्तान्तरण समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनको बढ्दो उपस्थिति देखाएको छ ।

पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटाेन इमास ७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको हाे ।

सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने, “आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटाेन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।”

प्रोटाेन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर, गाडी भित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले देशभरका ग्राहकको मन जित्न थालिसकेको छ । अब पोखराका ग्राहकहरू उत्सर्जनरहित सवारीको सुखद अनुभव गरिरहेकै प्रोटाेन समुदायमा सहभागी हुँदैछन् ।

यो हस्तान्तरण कार्यक्रमले ग्राहक केन्द्रित पहलहरूप्रति प्रोटनको प्रतिबद्धतालाई पनि दर्शाउँछ, जसमा आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सपोर्ट र विद्युतीय सवारी साधनको स्वामित्वलाई सहज र लाभदायक बनाउने जस्ता दृष्टिकोण समावेश छन् ।

प्रोटाेन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै आफ्नो उपस्थिति फैलाउँदै जाँदा, कम्पनीको ध्यान अझ धेरै नेपाली परिवार र व्यवसायहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ रूपान्तरण गर्न सहज बनाउनेतर्फ केन्द्रित बनेको बताएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् १०० किलोवाट क्षमताका साथ भित्रिएको बीवाईडी एट्टो ३ का विशेषता

यस्ता छन् १०० किलोवाट क्षमताका साथ भित्रिएको बीवाईडी एट्टो ३ का विशेषता

सरकारले मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि १००...

फुल बडी प्रोटेक्सनका साथ उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस, यस्ता छन् मुख्य विशेषता

फुल बडी प्रोटेक्सनका साथ उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस, यस्ता छन् मुख्य विशेषता

भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही...

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

पछिल्लो समय नेपालमा फयुचरिस्टिक ईभी आउने क्रम तीव्र गतिमा बढी रहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...