अव ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क, २५ वटा द्रुत बस मार्फत सेवा सुरु

काठमाडौं– ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा सञ्चालनमा आएको छ । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क रूटमा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्ति बाटिकामा द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् । मन्त्री ज्वालासहित मन्त्रालय र विभागका अधिकारीहरूले बसमा यात्रा गरेका थिए । सुरूमा २५ वटा द्रुत बस चल्ने छन् । यी बसका लागि छुट्टै लेन (रातो रङल)े छुट्टयाइएको छ ।

यी बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ ।

ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस नरोकिने र एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँने यातायात ब्यवस्था विभागले जनाएको छ । कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउने कारण सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने विभागको भनाई छ ।

बसका लागि सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप राखिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप राखिएको हो । यी वसलाई नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा चलाइएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...