एवोन वाई १० प्रतिशत डाउनपेमेन्टमै किन्न पाइने, यस्तो छ मूल्य र फिचर
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत...
बीवाईडीले आफ्ना नयाँ फाङचेङबाओ बाओ ५ र बाओ ८ फ्ल्यास चार्जिङ एडिशन लन्च गरेको छ । कम्पनीले २०२६ मोडलका यी अफरोड एसयूभी चीनमा लन्च गर्दै सुपरफास्ट चार्जिङ प्रविधिको नयाँ युग सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार फाङचेङबाओ बाओ ५ फ्ल्यास चार्जिङ संस्करणको सुरुवाती मूल्य ३ लाख ५ हजार ८ सय चिनियाँ युआन तोकिएको छ भने बाओ ८ को मूल्य ४ लाख १९ हजार ८ सय चिनियाँ युआनबाट सुरु हुन्छ। कम्पनीले सुरुमा अर्डर गर्ने ग्राहकहरूले विशेष छुटसमेत प्राप्त गर्ने बताइएको छ।
सो नयाँ मोडलको सबैभन्दा ठुलो विशेषता भनेको यसको १००० भोल्ट डीसी फ्ल्यास चार्जिङ सिस्टम हो । कम्पनीका अनुसार सो प्रविधिले गाडीको ब्याट्रीलाई केवल ५ मिनेटमै १० प्रतिशतदेखि ७० प्रतिशतसम्म चार्ज गर्न सक्षम बनाउँछ। त्यस्तै, ९७ प्रतिशतसम्म चार्ज हुन मात्र ९ मिनेट लाग्ने कम्पनीको दाबी छ। कम्पनीले अब आफ्ना सम्पूर्ण फाङचेङबाओ ब्रान्डका सवारी साधनमा यही सुपरफास्ट चार्जिङ सुविधा उपलब्ध गराउने योजना अघि बढाएको छ।
फाङचेङबाओ बाओ ८ फ्ल्यास चार्जिङ एडिशनमा बीवाइडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिमा आधारित ३६.८ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार फुल चार्ज ब्याट्री र फुल इन्धनको ट्याङ्कसहित सो गाडीले करिब १,३८० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
कम्पनीले सन् २०२६ को अन्त्यसम्म देशभर २० हजार समर्पित १००० भोल्ट फ्ल्यास चार्जर स्थापना गर्ने महत्वाकांक्षी योजना बनाएको छ । यसले सुपरफास्ट चार्जिङ प्रविधिलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत...
स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...
गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...