७१ हजार मूल्यको स्कुटरका लागि १५ लाखको फेन्सी नम्बर प्लेट

कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा धेरै छ । यो चलन भारतमा पनि छ ।

हाले भारतको चण्डीगढका एक व्यक्तिले आफ्नो होन्डा एक्टिभा स्कुटरको लागि १५ लाख भारुमा फेन्सी नम्बर खरिद गरेका छन् । सो फेन्सी नम्बरको मूल्य स्कुटरको मूल्य भन्दा कैयौं गुणा बढी हो । यो होन्डा एक्टिभा ६जी स्कुटर हो जसको बजारमा मूल्य ७१ हजार भारु छ ।

चण्डीगढका विज्ञापन व्यवसायी ४२ वर्षीय ब्रिजमोहनले चण्डीगढ दर्ता र इजाजतपत्र प्राधिकरणले आयोजना गरेको ई–लिलामीमा १५.४४ लाख भारुको उच्चतम बोली लगाएर फेन्सी नम्बर ‘सीएच–०१–सीजे–०००१’ किनेका थिए । ब्रिजमोहनले सो फेन्सी नम्बर पहिलो पटक किनेका थिए । ब्रिजमोहनले आफ्नो कारको लागि पनि यस्तै फेन्सी नम्बर खरिद गर्ने योजना बनाएका छन् ।

नयाँ सिरिज सीएच–०१–सीजे फेन्सी नम्बरको लागि लिलामी अप्रिल १४ देखि अप्रिल १६, २०२२ सम्म आयोजना गरिएको थियो । चण्डीगढ दर्ता र इजाजतपत्र प्राधिकरणले लगभग ३७८ दर्ता नम्बरहरू लिलामी गरेको थियो, जहाँ कुल १ करोड ५ लाख भारु सङ्कलन गरिएको थियो ।

यसमा सबैभन्दा महँगो नम्बर ब्रिजमोहनले किनेका थिए भने अन्य महँगो फेन्सी नम्बरहरूमा सीएच–०१–सीजे–००७ र सीएच–०१–सीजे–००३ क्रमशः ४ लाख ४ हजार र ४ लाख २ हजार भारुमा बिक्री भएको थियो ।

चण्डीगढमा ०००१ नम्बरको लागि अहिलेसम्म सबैभन्दा उच्च बोली २०१२ मा बिक्री गरिएको थियो । त्यसबेला एक व्यक्तिले सीएच–०१–एपी सिरिज नम्बरको लागि २६ लाख ५ हजार भारु तिरेका थिए । यो नम्बर उनको नयाँ मर्सिडिज बेन्ज एस–क्लासको लागि थियो ।

सम्बन्धित समाचारहरू

स्कुटरमा मोटरसाइकल जस्तो गियर किन हुँदैन? सुविधा र प्रविधिको रोचक कारण

स्कुटरमा मोटरसाइकल जस्तो गियर किन हुँदैन? सुविधा र प्रविधिको रोचक कारण

शहरका सडकहरूमा स्कुटर सबैभन्दा धेरै प्रयोग हुने सवारी साधनमध्ये एक बनेको...

जाडोमा बाइक चलाउँदा प्रयोग गरौं ह्यान्ड गार्ड : यस्ता छन् फाइदा

जाडोमा बाइक चलाउँदा प्रयोग गरौं ह्यान्ड गार्ड : यस्ता छन् फाइदा

जाडो मौसममा बाइक ड्राइभ गर्नु चुनौतीको कुरा हो । चिसो मौसमका कारण...

यात्रा रमाइलो र सुरक्षित बनाउन गर्मी आउनु अघि नै यी कुरामा ध्यान दिनुहोस्

यात्रा रमाइलो र सुरक्षित बनाउन गर्मी आउनु अघि नै यी कुरामा ध्यान दिनुहोस्

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी मौसम कारको लागि चुनौतीपूर्ण हुन सक्छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...