यी हुन् २०२३ मा आएका उत्कृष्ट कार

२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक भएको छ । लुक, माइलेज र मूल्यको हिसाबले ग्राहकहरुमा लोकप्रिय कारहरु यस्ता छन् । यी मध्ये धेरै कार नेपाली बजारमा पनि उपलब्ध भएका छन् ।

मारुती सुजुकीका धेरै कार यो वर्ष लन्च भए । ती मध्ये मारुती सुजुकी फ्रङ्क्स कम्प्याक्ट एसयूभी हो । यो कम्पनीको लोकप्रिय प्रिमियम ह्याचब्याक बलेनोमा आधारित कार हो । टाटा पन्चसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले फ्रङ्क्स एसयूभी लन्च गरेको थियो । सो कारको पावरफुल इन्जिन, लुक, फिचर र माइलेजको कारण लोकप्रिय छ ।

मारुती सुजुकीको प्रिमियम एमपीभी इनभिक्टो टोयोटा इनोभा हाइक्रसको अपडेट भर्सन हो । लुक, फिचर र माइलेजका कारण सो एसयूभी निकै लोकप्रिय छ । त्यसैगरी मारुती सुजुकीको ५ डोर जिम्नी एसयूभी सबैभन्दा उत्कृष्ट लन्चिङ कार मध्ये एक हो । कार प्रेमीहरूका लागि सो अफ–रोडर एसयूभी निकै लोकप्रिय भएको थियो ।

किया मोटर्सले ४ वर्ष पछि सेल्टोसको फेसलिफ्ट भर्सन लन्च गरेको थियो । सेल्टोसको इन्टेरियर डिजाइन निकै आकर्षक छ । अर्को लोकप्रिय कार सिट्रोन सी३ एयरक्रस हो । फ्रेन्च कार मेकरले मिडसाइज सेगमेन्टमा सस्तो एसयूभी सिट्रोन सी३ एयरक्रस लन्च गरेको थियो ।

त्यसैगरी टाटा पन्च र मारुती सुजुकी फ्रङ्क्स जस्ता माइक्रो एसयूभीसँग कडा प्रतिस्पर्धा गर्न हुन्डाईले एक्सटर लन्च गरेको थियो । एक्सटरको लुक र फिचरका कारण सो कार निकै लोकप्रिय रहयो । त्यसैगरी होन्डा सिटी जस्ता लोकप्रिय कारसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ हुन्डाई भरना लन्च गरिएको थियो ।

ह्ुन्डाईले यो वर्ष हुन्डाई क्रेटा, किया सेल्टोस र मारुती सुजुकी ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्न होन्डा एलिभेट लन्च गरेको थियो । यसको पनि निकै चर्चा भयो ।

त्यसैगरी टोयोटा रुमियन, ल्याम्बोर्गिनी रेवोल्टो आदि कार पनि यो वर्ष चर्चामा रहे ।

सम्बन्धित समाचारहरू

टाटा ह्यारियर र हुन्डाई क्रेटा ईभीमा को अघि ? यस्तो छ भिन्नता

टाटा ह्यारियर र हुन्डाई क्रेटा ईभीमा को अघि ? यस्तो छ भिन्नता

टाटा मोटर्सले हालै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर लन्च...

दशैं-तिहारमा हुन्डाई गाडी खरिद गर्दा फाइदा के ?

दशैं-तिहारमा हुन्डाई गाडी खरिद गर्दा फाइदा के ?

काठमाडौं– सवारीसाधन कारोवारको मुख्य सीजन दशैं-तिहार नजिकिएसंगै बिक्रेता...

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटरले घरेलु बजारमा गत वर्ष नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...