हुन्डाईले घोषणा ग-यो ‘यसपालीको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको विजेता
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...
दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटरले घरेलु बजारमा गत वर्ष नयाँ माइक्रो एसयूभी हुन्डाई क्यास्पर लन्च गरेको थियो । सो एसयूभी विशेषगरी सहरी क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरेको थियो ।
माइक्रो एसयूभी हुन्डाई क्यास्परप्रति ग्राहकको राम्रो प्रतिक्रिया पछि कम्पनीले अब घरेलु बजारमा क्यास्पर भ्यान लन्च गरेको छ । हुन्डाई क्यास्पर भ्यान क्यास्पर जस्तै छ, जसमा डीआरएलको साथमा एलईडी हेडलाइट, क्लिन रेडिएटर ग्रिल र स्पष्ट स्किड प्लेट समावेश गरिएको छ । उक्त भ्यान पुरानो क्यास्परको २ सिटर भर्सन हो । गाडीमा ९४० लिटरको बुट स्पेस दिइएको छ ।
हुन्डाई क्यास्पर भ्यानमा ४.२ डिजिटल इन्फोटेनमेन्ट स्क्रिनको पनि प्रयोग गरिएको छ, जसमा यूएसबी पोर्ट र ब्लुटुथ जडान छ । क्यास्पर र क्यास्पर भ्यान लेन किप असिस्ट, फरवार्ड कोलिजन वार्निङ र क्रुज कन्ट्रोल जस्ता एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टममा उपलब्ध छ । यसको साथै यसमा हिटेड स्टेयरिङ ह्विल, प्रिमियम अपहोल्स्ट्री जस्ता वैकल्पिक फिचरको रूपमा दिइएको छ ।
हुन्डाई क्यास्पर भ्यान अन्य देशमा लन्च गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन । एसियाली र युरोपेली बजारमा साना सवारी साधनको बढ्दो प्राथमिकता रहे पनि हुन्डाईले क्यास्परलाई तत्कालका लागि अन्य देशमा लन्च गर्ने सम्भावना नरहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...
काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले जापानी बजारमा सबैभन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...