केटीएम ३९० ड्यूकको मूल्य एकैपटक ४० हजार बृद्धि, यस्तो छ कारण
केटीएमले ३९० ड्यूकको मूल्यमा एकैपटक ४० हजार भारु बृद्धि गरेको छ । बाइकको...
आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि क्षमताका मोटरसाइकलमा भारी मात्राले भन्सार र अन्तःशुल्क थप गरेको छ । उच्च सीसी क्षमताका भनिने यस्ता बाइकको बजार हरेक वर्ष बढ्दो क्रममा रहेको थियो । टु ह्विलर सेग्मेन्टमा कुल बिक्रीको २० प्रतिशत हाराहारी हिस्सा ओगट्न सफल यो सेग्मेन्टलाई बजेटले नराम्रोसँग प्रभाव पार्ने देखिन्छ ।
यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ । जसअनुसार यो नयाँ कर संरचनाले हिरो बाहेक प्रायः सम्पूर्ण ब्रान्डका मोटरसाइकलको मूल्य बढाउने देखिन्छ । हिरोको हकमा भने सबै मोडल २०० सीसी भन्दा कम क्षमतामा मात्र उपलब्ध भएका कारण अहिलेको बजेटले उसलाई कुनै असर नपर्ने देखिएको हो ।
बजेट सार्वजनिक भए लगत्तै बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यो सेग्मेन्टमा सबैभन्दा चल्तिको बाइक बजाज २२० एफको मूल्य ७ हजार र डोमिनार २५० मा ४७ हजार रुपैयाँ वृद्धि गरिसकेको छ । बजाजले यी दुई मोडल वाहेक डोमिनार ४०० र एभेन्जर क्रुजर २२० मोडल समेत बिक्री गर्दै आइरहेको छ ।
यसैगरी होन्डासँग उपलब्ध सीबीआर २५० आर, सीबी ३५० आर, र हाइनेस सीबी ३५० मोडलको मूल्य समेत भारी मात्राले वृद्धि हुनेछ । उता यामाहा ब्रान्डको एफजेड २५०, फेजर र आर३ जस्ता मोडलको मूल्य समेत बढ्नेछ ।
टीभीएससँग यो सेग्मेन्टमा आरआर ३१० मोडलमात्र उपलब्ध रहेको छ । यो स्पोर्ट्स वाइक नेपाली बजारमा खासै लोकप्रिय नभएका कारण यसमा हुने मूल्य वृद्धिले टीभीएसको कारोबारमा भने कुनै असर नपर्ने देखिन्छ ।
यो सेग्मेन्टमा सुजुकीसँग जिक्सर २५० र जिक्सर एसएफ २५० गरी कुल २ वटा मोडल उपलब्ध छन् । यसैगरी केटीएमसँग भएका अधिकांश मोडल पनि २०० सीसी माथि नै उपलब्ध रहेको छ । यो ब्रान्डले बिक्री गर्दै आइरहेको डुक २०० र आरसी २०० वाहेक अन्य मोडलहरु डुक २५०, डुक ३९०, आरसी ३९०, एड्भेन्चर २५० तथा एड्भेन्जर ३९० जस्ता मोडलमा पनि भारी मात्राले मूल्य वृद्धि हुने निश्चित प्रायः छ ।
२५० सीसी माथिका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लु ब्रान्डका सबैजसो मोडलमा ४० प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार वृद्धि हुने हुँदा यी मोटरसाइकलमा झन्डै ५० प्रतिशत हाराहारीले मूल्य वृद्धि हुने आँकलन गरिएको छ ।
यी वाहेक डर्ट बाइकमात्र आयात गरी कारोबार गरिरहेका क्रसफायर, क्रसएक्स लगायत अन्य ब्रान्डका मोटरसाइकलको मूल्य समेत वृद्धि हुनेछ । यसरी मूल्य वृद्धि हुने ब्रान्डमा मोटरहेड र सीएफ मोटोका अधिकांश मोडलहरु समेत सामेल छन् ।
केटीएमले ३९० ड्यूकको मूल्यमा एकैपटक ४० हजार भारु बृद्धि गरेको छ । बाइकको...
प्राय कारमा मात्रै प्रयोग हुने अटोमेटिक ट्रान्समिसन(एएमटी) अब मोटरसाइकलमा...
केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...