अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने
काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा ५३३ वटा सवारीचालक अनुमतिपत्र गैरकानूनी रूपमा जारी गरेको पाइएको छ ।
गोरखापत्रमा प्रकाशित समाचार अनुसार यस कार्यमा कार्यालयका तत्कालीन दुईजना प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ जना कर्मचारी र पाँचजना बिचौलियाको सहयोग रहेको अख्तियार अनुसन्धान आयोगले गरेको अध्ययनबाट पुष्टि भएको छ ।
गैरकानूनी रूपमा अनुमतिपत्र जारी गर्न बिचौलियाको सहयोगमा सरकारी कागजपत्रसमेत सच्याइएको थियो । कार्यालयका तत्कालीन कार्यालय प्रमुख कार्की र कुस्माले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने क्रममा कार्यालयका अन्य कर्मचारीलाई अख्तियारी दिएको र सोही अख्तियारीको दुरुपयोग गरी ती कर्मचारीले सवारीचालक अनुमतिपत्र जारी गरेका थिए ।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि आर्थिक वर्ष २०७८/७९ भदौसम्म ती सवारीचालक अनुमतिपत्र जारी गरिएको अध्ययनबाट पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
आयोगका अनुसार विगतमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५३३ जना सवारीचालकको अनुमतिपत्रलाई सरकारी कागजपत्र सच्याएर नयाँ व्यक्तिको नाममा जारी गरिएको थियो ।
यस कार्यमा बिचौलियाले समेत सहयोग गरेका थिए । अनुमतिपत्र नवीकरण गर्ने अधिकार मातहतका कर्मचारीलाई दिनु पनि गैरकानूनी रहेको र यसरी अधिकार दिनुको उद्देश्य गैरकानूनी रूपमा चालक अनुमतिपत्र जारी गर्नु रहेको आयोगले दाबी गरेको छ ।
गैरकानूनी रूपमा सवारीचालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा आयोगले मङ्गलबार तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका कार्यालयका अन्य कर्मचारीमा मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायकस्तरका कर्मचारी कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ छन् ।
त्यस्तै बिचौलिया हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरुद्ध पनि मुद्दा दायर गरिएको छ । सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ ।
काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...
काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका...
सवारीसाधनको आयातमा ठूलो रकम विदेशिएको र यसले विदेशी मुद्राको सञ्चितिमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...