अब एक साता थप निषेधाज्ञा, यी क्षेत्रमा भने खुकुलो

काठमाडौं - उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

यो भन्दा पहिले सवारी साधन जोर विजोरमा चलाउने चर्चा भए पनि स्वास्थ्य मन्त्रालयले जोखिमपूर्ण हुने बताएकाले यो विषयले प्रवेश नै पाएन ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेसन बनाउन, सवारी साधन खरिद गर्न र मर्मत सम्भार गर्न सहुलियत ऋण पाइने

चार्जिङ स्टेसन बनाउन, सवारी साधन खरिद गर्न र मर्मत सम्भार गर्न सहुलियत ऋण पाइने

काठमाडौं – सरकारले आज प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक...

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९...

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...