थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै हुन्डाई नेपाल, भित्रिदै क्रेटा ईभी

काठमाडौं - हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन बिस्तार गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो ।

नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी आउने भएपछि कम्पनीले चार्जिङ स्टेशन विस्तार गर्न लागेको हो । क्रेटा ईभीलाई मास मार्केट ईभीको रूपमा लिइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको कोना ईभी र आयोनिक ५ बिक्री वितरण गरिरहेकोमा फागुन पहिलो हप्तासम्म क्रेटा ईभी पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

हुन्डाईले नेपालमा हाल ४५ वटा एसी चार्जिङ स्टेशन गरी सञ्चालनमा ल्याएको छ ।

कम्पनीका जनरल म्यानेजर दीपक थपलियाका अनुसार आगामी जनवरीभित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । देशका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि अध्ययन भइरहेको उनले जानकारी दिए ।

कम्पनीका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलोवाट क्षमताको डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ ।

यस्तै, कम्पनीले जनवरीभित्रै २ वटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने भएको छ । यी भ्यानलाई मोबाइल चार्जिङ युनिटको रूपमा प्रयोग गरिने छ । कुनै पनि हुन्डाईका ईभी चार्ज सकिएर बाटोमै अलपत्र परेमा भीटुभी भ्यान लगेर उक्त ईभीमा चार्ज गरिने बताइएको छ ।

हुन्डाईले अहिले देशका विभिन्न सहरहरूमा होटल, मल तथा शोरुमलगायत ४५ स्थानमा ७ देखि २२ किलोवाटको एसी चार्जिङ पोइन्ट निर्माण गरेको छ ।

सम्बन्धित समाचारहरू

वुलिङले ल्यायो म्याजिक ब्याट्री, ६ हजार ५ सय साइकलको लाइफ हुने

वुलिङले ल्यायो म्याजिक ब्याट्री, ६ हजार ५ सय साइकलको लाइफ हुने

ईभी निर्माता कम्पनीको रुपमा परिचित वुलिङले पहिलो पावर ब्याट्रीको रुपमा...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर

एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर

एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...