थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको ईभी प्लान्ट
चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा...
काठमाडौं–दिपल ब्रान्डका ईभीमा अव ११ वर्ष अर्थात ३ लाख किलोमिटर सम्मको वारेन्टि पाइने भएको छ । दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ईभी ब्याट्रीमा नेपालकै सबैभन्दा लामो ‘एक्टेन्डेड वारेन्टी’ सुबिधा ल्याएको हो ।
दिपलका ईभीहरुमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष अर्थात २ लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष अर्थात १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ । अब भने एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष अर्थात ३ लाखकिलोमिटर र मोटरमा ११ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिने भएको हो, जसले ईभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउने विश्वास लिइएको छ ।
दिपलका ईभीमा संसारको सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ ।
यो ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत दिपलका ग्राहकले ‘हार्इ भोल्टेज ब्याट्री पार्टस्’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ र ‘म्यानुफ्याक्चरिङ डिफेक्ट’ लगायतका ‘हार्इ भोल्टेज ईभी कम्पोनेन्ट’मा वारेन्टी पाउनेछन् । यसका साथै, यस वारेन्टीले ‘ट्रयाक्सन मोटर एसेम्ब्ली’, ‘मोटर कन्ट्रोल युनिट’ सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’को महत्वपूर्ण भागहरुलाई पनि कभर गर्ने जनाइएको छ ।
‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटर माथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेका हौं ।’
यो घोषणासँगै एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपालका ईभी ग्राहकप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै ईभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको छ ।
चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा...
काठमाडौं– एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड...
काठमाडौं– चांगनले आफ्नो नयाँ प्रिमियम ईभी नेभो ई०७ उत्पादन शुरु गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...