विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

काठमाडौं - नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्म एक्सपेरियन्स टाेयाेटा आयोजना गर्दैछ।

विर्तामोडमा सो कार्यक्रम शुक्रबार प्रारम्भ भएको छ र आज पनि हुनेछ भने आइतबार र सोमबार इटहरीको स्काई हाेटलमा हुनेछ ।

झापा र इटहरीलाई बिशेष लक्षित गरि आयोजना गरिएको साे इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुबिधा, रोड कर, विभिन्न उपहारहरु समेत पाउने छन् ।

टोयोटा ड्राइभ ठिक ३ बजे बिर्तामोडको नयाँ भद्रपुर रोडमा रहेको दरबार रेष्ट्रोबाट सुरु भई दोमुखा रिसोर्टमा गएर सकिने टोयाेटा नेपालकी उप महाप्रबन्धक रेखा शाह कार्कीले बताइन् । उनका अनुसार यो कार्यक्रम टोयोटाका ग्राहकहरू तथा सम्भावित खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको हो, जसअन्तर्गत उनीहरूले टोयोटाका विभिन्न मोडलहरू परीक्षण गरि ड्राइभ अनुभव गर्न सक्नेछन् ।

साे अवसरमा टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई विभिन्न सुबिधाको बारेमा जानकारी गराइने छ । टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेको छ । साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति विभिन्न बैंकसंग बैंकिङ फाइनान्सको व्यवस्था पनि गरिएको बताइएको छ ।

टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’ लाई सहयोग गर्दै यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।

सम्बन्धित समाचारहरू

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...

सानो ल्यान्ड क्रुजर आउँदै

सानो ल्यान्ड क्रुजर आउँदै

काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा...

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...