हुन्डाईले ड्युअल सिलिन्डर टेक्नोलोजी समावेश गरी सीएनजी पोर्टफोलियो विस्तार गर्ने

हुन्डाई माेटर कम्पनीले भारतीय बजारमा आफ्ना सीएनजी गाडीमा ड्युअल सिलिन्डर टेक्नोलोजी उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले हालै सीएनजी मोडलका लागि नयाँ ट्रेडमार्क दर्ता पनि गरेको छ ।

हुन्डाईले हाल ग्राण्ड आई१० नियोस, औरा र एक्स्टर जस्ता मोडलमा फ्याक्ट्री फिटेड सिंगल-सिलिन्डर सीएनजी किट उपलब्ध गराउँदै आएको छ । यो निर्णयसँगै दक्षिण कोरियाली कम्पनीले टाटा मोटर्सको ट्विन सिलिन्डर प्रविधिका आई–सीएनजी कारसँग प्रतिस्पर्धा गर्नेछ ।

ग्राण्ड आई१० नियोस हाल हुन्डाईको भारतीय पोर्टफोलियोमा सबैभन्दा सस्तो सीएनजी कार हो, जसको मूल्य ७ लाख ६८ हजारबाट सुरु हुन्छ। औरा सीएनजीको मूल्य ८ लाख ३१ हजार देखि ९ लाख ५ हजार सम्म छ, जबकि एक्स्टर सीएनजीको मूल्य ८ लाख ४३ हजार देखि ९ लाख १६ हजार भारु सम्म छ।

हुन्डाईको ड्युअल सिलिन्डर प्रविधिको बारेमा जानकारी हालै दर्ता गरिएको ट्रेडमार्कबाट आएको हो । कम्पनीले हाइ-सीएनजी नामको साथमा अर्को एचवाई-सीएनजी डुओ नामको ट्रेडमार्क दर्ता गरेको छ । तल्लो स्तरको मोडल हाइ-सीएनजी सिंगल सिलिन्डर किट हुनेछ र प्रिमियम कारले हाइ-सीएनजी डुओ नामको ट्वीन-सिलिन्डर किट हुनेछ । टाटामा जस्तै आगामी हुन्डाई सीएनजी कारमा ट्विन सिलिन्डर टेक्नोलोजीका कारण अधिक बुट स्पेस र अधिक रेन्ज हुनेछ ।

टाटा मोटर्स हाल भारतमा ड्युअल सिलिन्डर सीएनजी टेक्नोलोजी प्रयोग गर्ने एक मात्र कम्पनी हो, जुन गत वर्ष ल्याएको थियो। यो टेक्नोलोजी हाल अल्ट्रोज, टियागो, पन्च र टिगोरको सीएनजी संस्करणमा उपलब्ध छ।

हुन्डाईले आफ्नो सीएनजी पोर्टफोलियो विस्तार गरी आई२० र भेन्यु समावेश गर्ने सम्भावना छ । यसमा टाटाका टियागो, टिगोर र पन्चमा जस्तै ड्युअल सिलिन्डर टेक्नोलोजी हुनेछ ।

ड्युअल सिलिन्डर टेक्नोलोजीमा कारको बुट स्पेसमा एउटा ठुलो सिलिन्डरको सट्टा २ वटा साना सीएनजी सिलिन्डर जडान गरिन्छ। यसले ठुलो सीएनजी सिलिन्डर भएको परम्परागत सीएनजी कारको तुलनामा बुट स्पेस बढाउँछ। जबकि एउटै सिलिन्डर सीएनजी कारमा बुट स्पेस कम हुन्छ।

सम्बन्धित समाचारहरू

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

काठमाडौं–विद्युतिय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यससंग जोडिएर आउने...

हुन्डाई गाडी टेस्ट ड्राइभ गरेका यी दुई भाग्यशाली रोजेको व्यक्तिका साथ कतार विश्वकप हेर्न जाने

हुन्डाई गाडी टेस्ट ड्राइभ गरेका यी दुई भाग्यशाली रोजेको व्यक्तिका साथ कतार विश्वकप हेर्न जाने

काठमाडौं – हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...