दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा इलेक्ट्रिक कारको वाहुल्यता रहने देखिएको छ । शोमा विभिन्न ब्रान्डका आधा दर्जन बढी मोडलका इलेक्ट्रिक कार सार्वजनिक हुने पक्कापक्की जस्तै भएको छ भने हाल बिक्री भइरहेका अधिकांश ईभी समेत प्रदर्शनीमा रहनेछन् ।
अटो शोमा किया, बीवाईडी, एमजी, टाटा, महिन्द्रा, सेरेस र मेक्सस लगायत ब्रान्डले नयाँ ईभी सार्वजनिक गर्ने तयारीलाई तीव्र वनाएका छन् । कियाले आफ्नो वहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक कार ईभी ६ को बिक्री मेलास्थलबाट शुरु गर्ने जनाएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले हाल यसको बुकिङ लिँदै आएको छ । कम्पनीले ईभी ६ को मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, एट्टो ३ को बिक्री शुरु भएसँगै नेपालको ईभी बजारमा स्थापित ब्रान्ड वन्न सफल बीवाईडीले डल्फिन कारलाई पहिलोपटक मेला स्थलबाटै औपचारिक लन्च गर्ने योजना बनाएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हाल सो ईभीको सडकमा परीक्षण गरिरहेको छ । डल्फिनमा ४४.९ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर जडान गरिएको छ । सो ईभीले एकपटकको सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने दावी छ ।
एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी ४ इलेक्ट्रिक ह्याचब्याकको औपचारिक लन्च समेत मेला स्थलबाटै गर्ने तयारी गरेको छ । केही दिन पहिले नेपाल भित्रिएको सो ईभीलाई कम्पनीले अहिले सडकमा परीक्षण गरिरहेको छ । बीवाईडी डल्फिनसँग सिधा टक्कर गर्ने अनुमान गरिएको एमजी ४ मा ५०.८ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सो ईभीले एकपटकको सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
टाटाको वहुतीक्षित इलेक्ट्रिक ह्याचव्याक टियागो अटो शोमा आउने अर्को इलेक्ट्रिक कार हो । भारतमा लन्च भएलगत्तै नेपाली ईभी पारखीको प्रतीक्षामा रहँदै आएको सो नयाँ कार २५ लाख हाराहारीमा आउने आँकलन गरिएको छ । टियागो ईभी आएपछि ग्राहकलाई कम मूल्यमा राम्रो ईभी खरिद गर्न पाउने अवसर प्राप्त हुने सहजै अनुमान गर्न सकिन्छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ । सानो ह्याचव्याक भएपनि यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।
महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले लामो समयको प्रतीक्षा पश्चात आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० लाई पनि अटो शो मार्फत नै सार्वजनिक गर्ने योजना बनाएको छ । एक्सयूभी ४०० आएपछि यसको सिधा प्रतिस्पर्धा टाटा नेक्सन ईभीसँग हुने देखिन्छ ।
महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्नेछन् ।
यसैगरी, अटो शोमा सेरेस र मेक्सस ब्रान्डका नयाँ इलेक्ट्रिक कार सहित पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन् । यी दुवै चिनियाँ ब्रान्ड मध्ये सेरेसलाई एमएडव्लु वृद्धि अटोकर्प र मेक्ससलाई एमजी गाडी बिक्री गर्दै आएको पारामाउन्ट मोटर्सले आधिकारिक विक्रेताका रुपमा नेपाल भित्र्याउन लागेका हुन् ।
सेरेस ३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ४०५ किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सेफ्टी फिचरको रुपमा ६ वटा एयरब्याग, ईएसपी, ईबीएस र ईबीडी, हिल लन्च असिस्टेन्स, अटो होल्ड, एचडीसी, टीपीएमएस, लेन डिपार्चर वार्निङ र ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा आदि छन् ।
पारामाउन्ट मोटर्सले ल्याउन लागेको मेक्सस ब्रान्डको मिफा ९ एक प्रिमियम स्तरको इलेक्ट्रिक एमपीभी हो । सो एमपीभीमा जडान गरिएको ९० किलोवाट आवरको ब्याट्रीले एकपटकको सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा रहेको मोटरले २४५ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । सो एमपीभीमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन चेन्ज असिस्ट, ३६० डिग्री पार्किङ क्यामेरा, एडेप्टिभ एलईडी लाइट, एलईडी हेडलाइट र अटोनोमस ब्रेकिङ सिस्टम जस्ता फिचर रहेका छन् ।
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले १००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...