२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले वृद्धि हुँदै विश्वव्यापी रूपमा १५.१ मिलियन युनिट पुग्ने अनुमान गरिएको छ ।

जुन विश्वव्यापी नयाँ कार बिक्रीको १६.७ प्रतिशत हुन आउँछ । यसैगरी, २०२४ मा ईभी बिक्री लगभग ११.६ मिलियन युनिटमा बन्द हुने उक्त अध्ययनले अुनमान लगाएको छ ।

एस एण्ड पी ग्लोबल मोबिलिटी अध्ययनले सरकारी नीति, ट्यारिफ, प्रोत्साहन र चार्जिङ इन्फ्रास्ट्रक्चरबाट प्रभावित क्षेत्रहरूमा वृद्धि फरक–फरक हुने बताएको छ ।

भारतमा ११७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएपनि कुल कार बिक्रीको ७.५ प्रतिशत हिस्सा मात्र ईभीको हुने उल्लेख गरिएको छ । यसैगरी, अमेरिकामा ३६ प्रतिशतले वृद्धि हुँदा ईभीको हिस्सा ११.२ प्रतिशत हुनेछ भने चीनमा ईभीले पहिलोपटक कम्वसन गाडीको बिक्रीलाई पछि पार्ने अनुमान गरिएको छ ।

मध्य र पश्चिमी युरोपमा ईभीले २०.४ प्रतिशत बजार हिस्सा नियन्त्रण गर्ने र बिक्रीमा वार्षिक ४३.४ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपालमा के होला ?
पछिल्लो २ वर्षयता नेपालमा बिद्युतिय कारको बिक्री उच्च रफ्तारमा बृद्धि भैरहेको छ । बजारमा अहिले २ दर्जन बढी ब्रान्डका इभी आयत हुँदा ठूलो हिस्सा चिनियाँ ब्रान्डले लिएको छ । ईभीमा चिनियाँ ब्रान्डको हिस्सा ८० प्रतिशत माथि पुग्दा बाँकी २० प्रतिशत भारतसहति अन्य तेस्रो मुलुकबाट आउनेले लिएका छन् ।

प्योसेन्जर कारमा ईभीको हिस्सा बढ्दै जाँदा कम्वसन कारको भने घट्दो क्रममा छ । नेपालमा अहिले कुल प्यासेन्जर कारको बिक्रीमा ईभीको हिस्सा ९० प्रतिशत हाराहारी पुगिसकेको छ ।

वर्ष २०२४ मा मात्रै नेपालमा २ दर्जन बढी मोडलका बिद्युतिय कार भित्रिए । यी मध्ये ओमोडा, दिपल, जिएसी एवोन, वुलिङ, स्काइवेल, एक्सपेङ, जेको, लिप मोटर र नामी जस्ता नयाँ ब्रान्ड चर्चामा रहे । नयाँ ब्रान्डको आगमन र अझै थप केही नयाँ ब्रान्ड आउने क्रममै रहेका कारण यस वर्ष ईभीको बजार २० प्रतिशत हाराहारीले बृद्धि हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारी साधनको माग बढेको छ । तर, इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...