२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले वृद्धि हुँदै विश्वव्यापी रूपमा १५.१ मिलियन युनिट पुग्ने अनुमान गरिएको छ ।

जुन विश्वव्यापी नयाँ कार बिक्रीको १६.७ प्रतिशत हुन आउँछ । यसैगरी, २०२४ मा ईभी बिक्री लगभग ११.६ मिलियन युनिटमा बन्द हुने उक्त अध्ययनले अुनमान लगाएको छ ।

एस एण्ड पी ग्लोबल मोबिलिटी अध्ययनले सरकारी नीति, ट्यारिफ, प्रोत्साहन र चार्जिङ इन्फ्रास्ट्रक्चरबाट प्रभावित क्षेत्रहरूमा वृद्धि फरक–फरक हुने बताएको छ ।

भारतमा ११७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएपनि कुल कार बिक्रीको ७.५ प्रतिशत हिस्सा मात्र ईभीको हुने उल्लेख गरिएको छ । यसैगरी, अमेरिकामा ३६ प्रतिशतले वृद्धि हुँदा ईभीको हिस्सा ११.२ प्रतिशत हुनेछ भने चीनमा ईभीले पहिलोपटक कम्वसन गाडीको बिक्रीलाई पछि पार्ने अनुमान गरिएको छ ।

मध्य र पश्चिमी युरोपमा ईभीले २०.४ प्रतिशत बजार हिस्सा नियन्त्रण गर्ने र बिक्रीमा वार्षिक ४३.४ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपालमा के होला ?
पछिल्लो २ वर्षयता नेपालमा बिद्युतिय कारको बिक्री उच्च रफ्तारमा बृद्धि भैरहेको छ । बजारमा अहिले २ दर्जन बढी ब्रान्डका इभी आयत हुँदा ठूलो हिस्सा चिनियाँ ब्रान्डले लिएको छ । ईभीमा चिनियाँ ब्रान्डको हिस्सा ८० प्रतिशत माथि पुग्दा बाँकी २० प्रतिशत भारतसहति अन्य तेस्रो मुलुकबाट आउनेले लिएका छन् ।

प्योसेन्जर कारमा ईभीको हिस्सा बढ्दै जाँदा कम्वसन कारको भने घट्दो क्रममा छ । नेपालमा अहिले कुल प्यासेन्जर कारको बिक्रीमा ईभीको हिस्सा ९० प्रतिशत हाराहारी पुगिसकेको छ ।

वर्ष २०२४ मा मात्रै नेपालमा २ दर्जन बढी मोडलका बिद्युतिय कार भित्रिए । यी मध्ये ओमोडा, दिपल, जिएसी एवोन, वुलिङ, स्काइवेल, एक्सपेङ, जेको, लिप मोटर र नामी जस्ता नयाँ ब्रान्ड चर्चामा रहे । नयाँ ब्रान्डको आगमन र अझै थप केही नयाँ ब्रान्ड आउने क्रममै रहेका कारण यस वर्ष ईभीको बजार २० प्रतिशत हाराहारीले बृद्धि हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी

५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...