टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय बजार गुमाउँदै गएको छ । एकवर्ष अघि ६० प्रतिशत हाराहारी हिस्सा सहित भारतिय ईभी बजारलाई नेतृत्व गरेको टाटाको बजार हाल ३६ प्रतिशतमा खुम्चिएको हो ।

टाटाले गत अप्रिलमा कुल ४ हजार ४६१ युनिट ईभी बिक्री गरेर बजारको नेतृत्व कायमै राखेपनि बजार हिस्सा भने अघिल्लो वर्षको सोही अबधीको तुलनामा २५ प्रतिशतले गुमाएको छ । अघिल्लो वर्षको सोहि महिना कुल ५ हजार १७२ युनिट टाटा ईभी बिक्री भएका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनमा टाटाले १४ प्रतिशत बजार गुमाएको छ । टाटासंग हाल सबैभन्दा बढी ईभी लाइनअप छ । कम्पनीले हाल नेक्सन, कर्भ, पन्च, टिगोर र टियागो मोडलका ईभी बिक्री गर्दै आएको छ ।

टाटालाई एमजी र महिन्द्राका ईभीले कडा टक्कर दिइरहेको बिक्री तथ्यांकले देखाउँछ । गत अप्रिलमा एमजीले ३ हजार ४८८ युनिट ईभी बिक्री गरेर बजार हिस्सा २८ प्रतिशत पुर्याएको छ । यो गत वर्षको सोही महिना बिक्री भएको २ हजार २२० युनिटको तुलनामा १७५ प्रतिशतले बढि हो । एमजीले भारतमा जेडएस, कोमेट र विन्डसर ईभी बिक्री गर्दै आएको छ ।

तेस्रो स्थानमा रहेको महिन्द्राले गत अप्रिलमा ३ हजार २ यूनिट ईभी बिक्री गरेको छ । महिन्द्राले हालै लन्च गरेको दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ को बिक्री चम्किदा ईभी बजारमा ठूलो फड्को मारेको हो । यसअघि एक्सयुभी ३०० मात्र उपलब्ध महिन्द्राले गत वर्षको सोही अवधिमा जम्मा ६७० युनिट ईभी बिक्री गरेको थियो । भारतको ईभी बजारमा महिन्द्राले शानदार उपस्थिती जनाउँदै २४ प्रतिशत बजार हिस्सा पाएको छ ।

गत महिना हुन्डाईले ६८६ युनिट ईभी बिक्री सहित चौथो स्थान पाएको छ भने पाँचौ स्थानमा रहेको बीवाईडीले ३५० युनिट ईभी बिक्री गरेको छ । बाँकी ब्रान्डको उपस्थिती भने ज्यादै न्यून छ ।

सम्बन्धित समाचारहरू

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर

काठमाडौं – नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स...

भारतको स्टार्ट अप कम्पनीले ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै

भारतको स्टार्ट अप कम्पनीले ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै

भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का...

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतको अटोमोबाइल बजारमा चिनियाँ कम्पनी बीवाईडीले ऐतिहासिक उपलब्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...