शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने
काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...
काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय बजार गुमाउँदै गएको छ । एकवर्ष अघि ६० प्रतिशत हाराहारी हिस्सा सहित भारतिय ईभी बजारलाई नेतृत्व गरेको टाटाको बजार हाल ३६ प्रतिशतमा खुम्चिएको हो ।
टाटाले गत अप्रिलमा कुल ४ हजार ४६१ युनिट ईभी बिक्री गरेर बजारको नेतृत्व कायमै राखेपनि बजार हिस्सा भने अघिल्लो वर्षको सोही अबधीको तुलनामा २५ प्रतिशतले गुमाएको छ । अघिल्लो वर्षको सोहि महिना कुल ५ हजार १७२ युनिट टाटा ईभी बिक्री भएका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनमा टाटाले १४ प्रतिशत बजार गुमाएको छ । टाटासंग हाल सबैभन्दा बढी ईभी लाइनअप छ । कम्पनीले हाल नेक्सन, कर्भ, पन्च, टिगोर र टियागो मोडलका ईभी बिक्री गर्दै आएको छ ।
टाटालाई एमजी र महिन्द्राका ईभीले कडा टक्कर दिइरहेको बिक्री तथ्यांकले देखाउँछ । गत अप्रिलमा एमजीले ३ हजार ४८८ युनिट ईभी बिक्री गरेर बजार हिस्सा २८ प्रतिशत पुर्याएको छ । यो गत वर्षको सोही महिना बिक्री भएको २ हजार २२० युनिटको तुलनामा १७५ प्रतिशतले बढि हो । एमजीले भारतमा जेडएस, कोमेट र विन्डसर ईभी बिक्री गर्दै आएको छ ।
तेस्रो स्थानमा रहेको महिन्द्राले गत अप्रिलमा ३ हजार २ यूनिट ईभी बिक्री गरेको छ । महिन्द्राले हालै लन्च गरेको दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ को बिक्री चम्किदा ईभी बजारमा ठूलो फड्को मारेको हो । यसअघि एक्सयुभी ३०० मात्र उपलब्ध महिन्द्राले गत वर्षको सोही अवधिमा जम्मा ६७० युनिट ईभी बिक्री गरेको थियो । भारतको ईभी बजारमा महिन्द्राले शानदार उपस्थिती जनाउँदै २४ प्रतिशत बजार हिस्सा पाएको छ ।
गत महिना हुन्डाईले ६८६ युनिट ईभी बिक्री सहित चौथो स्थान पाएको छ भने पाँचौ स्थानमा रहेको बीवाईडीले ३५० युनिट ईभी बिक्री गरेको छ । बाँकी ब्रान्डको उपस्थिती भने ज्यादै न्यून छ ।
काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...