विश्वको पहिलो इलेक्ट्रिक कार्गो जहाज सञ्चालन, ६७५८ किलोवाट आवर क्षमताको ब्याट्रीबाट सञ्चालित हुने
विश्वभर विद्युतीय सवारी साधनको प्रभाव अब समुद्री कार्गो जहाजहरू पनि पर्न...
काठमाडौं–भारतमा विद्युतीय कारको बजारले तीव्र गति लिएको छ । अगस्ट २०२६ मा भारतमा ३० हजार ५१ युनिट विद्युतीय कार बिक्री भएका छन् । यो संख्या गत वर्षको अगस्टको तुलनामा ५३.१ प्रतिशतले बढी हो ।
अगस्ट २०२५ मा भारतमा १९ हजार ६२९ युनिट विद्युतीय कार बिक्री भएका थिए । एक वर्षमै १० हजारभन्दा बढी विद्युतीय कारको बिक्री बढ्नुले भारतीय बजारमा इलेक्ट्रिक मोबिलिटीप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको देखाएको छ ।
तर, जुलाईको तुलनामा भने अगस्टमा विद्युतीय कारको बिक्री ११.१ प्रतिशतले घटेको छ । जुलाईमा ३३ हजार ७९१ युनिट विद्युतीय कार बिक्री भएका थिए ।
भारतीय ईभी बजारमा टाटा मोटर्सको दबदबा कायमै छ । अगस्टमा टाटाका १३ हजार १५८ युनिट विद्युतीय कार बिक्री भएका छन् । गत वर्षको अगस्टमा ८ हजार ६४ युनिट रहेको बिक्री संख्या यसपटक ६३.२ प्रतिशतले बढेको हो । टाटा एक्लैले भारतको विद्युतीय कार बजारमा ४३.८ प्रतिशत हिस्सा ओगटेको छ ।
महिन्द्रा ६ हजार ४६४ युनिट बिक्रीसहित दोस्रो स्थानमा छ । कम्पनीको बिक्री गत वर्षको अगस्टको तुलनामा ५६.२ प्रतिशतले बढेको छ । महिन्द्राको बजार हिस्सा २१.५ प्रतिशत पुगेको छ ।
एमजी ४ हजार ६२२ युनिट विद्युतीय कार बिक्रीसहित तेस्रो स्थानमा छ । तर, कम्पनीको बिक्री गत वर्षको तुलनामा १७.८ प्रतिशतले घटेको छ ।
भारतमा नयाँ प्रवेश गरेको भियतनामी ब्रान्ड भिनफास्टले भने आक्रामक सुरुवात गरेको छ । अगस्टमा भिनफास्टका २ हजार १९९ युनिट विद्युतीय कार बिक्री भएका छन् । जुलाईमा १ हजार ५३२ युनिट रहेको बिक्री संख्या एक महिनामै ४३.५ प्रतिशतले बढेपछि भिनफास्ट भारतको चौथो ठूलो ईभी ब्रान्ड बनेको छ ।
मारुती सुजुकीका १ हजार ४१२, हुन्डाईका ८०३, कियाका ६४५, बीवाईडीका ५४३ र टोयोटाका १६१ युनिट विद्युतीय कार अगस्टमा बिक्री भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...