३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने
रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाइमा...
केही वर्षमा ब्याट्रीबाट चल्ने सवारीसाधन पेट्रोल–डिजेलबाट चल्ने सवारी साधन भन्दा बढी हुने एक अध्ययनमा सार्वजनिक भएको छ ।
अमेरिकी अनुसन्धान फर्म गार्टनरले सन् २०२७ सम्ममा पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनको तुलनामा नेक्स्ट जेनेरेसन ईभीको मूल्य कम हुने अनुमान गरेको छ । यो सेक्टरमा इनोभेशन तीव्र गतिमा बढिरहेको छ र नयाँ टेक्नोलोजीको आविष्कार पनि भइरहेको छ । साथै ब्याट्रीको मूल्य र ईभीको उत्पादन लागत तीव्र गतिमा घट्दै गएको बताइएको छ ।
हाल ईभी सवारी साधन चलाउनु निकै सस्तो छ । समान मोडलको इलेक्ट्रिक कारको मूल्य पेट्रोल कारको तुलनामा २०–३० प्रतिशत बढी छ । यो भिन्नता वर्षैपिच्छे घट्दै गएको छ । हाल पेट्रोल कारको लागत प्रति किलोमिटर करिव १० रुपैयाँ भन्दा बढी मूल्य छ भने इलेक्ट्रिक कारको लागत प्रतिकिलोमिटर २ रुपैयाँको हाराहारी मात्र मूल्य मात्रै छ ।
रिपोर्टका अनुसार विगत १० वर्षमा स्थापित ईभी कम्पनीहरू सन् २०२७ सम्ममा १५ प्रतिशतले अधिग्रहण हुनेछ । भविष्यमा उत्कृष्ट प्रोडक्ट र सेवाहरू भएका कम्पनीहरु मात्र टिकाउ हुनेछ । यहाँ सबै ईभी स्टार्टअप कम्पनीहरु टिक्ने छैनन् ।
यद्यपि सन् २०२५ सम्ममा विश्वव्यापी ईभीको बिक्री ४३ प्रतिशत बढेर २०.६ मिलियन पुग्नेछ । सन् २०२३ मा १.४४ करोड ईभी बिक्री भएको थियो । सन् २०२४ मा पनि ईभीको बिक्री १.८४ करोड पुग्ने अनुमान गरिएको छ ।
रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाइमा...
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...