टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प
टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...
कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । यस कार्यक्रमको दौरानमा विभिन्न सञ्चारकर्मीहरुलाई थापाथलीस्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (ईभी) प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘ईभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय सञ्चार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा ‘मोडुल’ र ‘सेल’ जस्ता यसका निश्चित अवयव परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन्छ । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि ईभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरिएको सिप्रदीले जनाएको छ ।

त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’ को अवलोकन गराइएको थियो । अवलोकनको क्रममा विशेषतः ईभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त ईभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।
केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दावी रहेको छ ।
टाटाले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट ईभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ । यसैगरी यसले यस्ता गाडीहरुको बजारलाई प्रभावकारी एवं दिगो रुपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको विकास पनि तीव्र गतिमा गरिरहेको बताएको छ ।
टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...