टाटा नेक्सन ईभीको ब्याट्री अब नेपालमै फेर्न वा मर्मत गर्न सकिने, यस्तो छ व्यवस्था

टाटा नेक्सन ईभीमा प्रयोग हुने ब्याट्री अब नेपालमै मर्मत गर्न सकिने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरेको छ ।

टाटा नेक्सन ईभीमा ६०० सेल सहित ३० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको हुन्छ । नेक्सन ईभीमा भएको ब्याट्रीलाई फुल चार्ज गर्दा ३१२ किलोमिटर रेन्ज दिने एआरआईले प्रमाणित गरेको छ । यद्यपि व्यावहारिक रुपमा २५० वा त्यो भन्दा बढी रेन्ज दिन सक्छ । यो विभिन्न अवस्थामा निर्भर हुन्छ ।

यस्तो हुन्छ ब्याट्री प्याक
ब्याट्रीको समग्र व्यवस्थापनका लागि हाई भोल्टेज ब्याट्री प्याकको व्यवस्था गरिएको हुन्छ । प्याक अन्तर्गत ब्याट्रीलाई मिलाएर राख्नका लागि एक प्रकारको कम्प्युटर अर्थात बीएमएस प्रयोग गरिन्छ । बीएमएसले सबै ब्याट्रीको वारेमा आवश्यक जानकारी लिएर गाडीलाई पठाउने गर्छ । यसको चार्जिङ, डिस्चार्जिङ सबै कन्ट्रोल गर्ने काम यसमा हुन्छ ।

बीएमएसले दुई वटा बीएमयुको सहयोग लिन्छ । नेक्सन ईभीमा प्रयोग गरिएको सो ब्याट्री प्याकमा प्रयोग गरिएका ६०० सेल मध्ये प्रत्येकमा १५ एपियर हुन्छ । यसमा ब्याट्रीलाई सहज तरिकाले मिलाएर राख्नका लागि आवश्यक मोड्युल बनाइएको हुन्छ । यसमा १३ वटा मोड्युलका साथ ब्याट्री प्याक निर्माण गरिएको छ ।

ब्याट्रीका लागि आवश्यक चार्जिङ वा डिस्चार्जिङको अवस्थामा बढी करेन्ट र भोल्टेज फ्लो गर्नु पर्ने भएकाले त्यही अनुसारको कुलिङ सिस्टमको व्यवस्था गरिएको हुन्छ । यसले गर्दा ब्याट्री तात्न वा चिसिन पाउदैन । टाटाले यसका लागि आवश्यक जिपट्रोन प्रविधिको प्रयोग गरेको छ ।

पुरै ब्याट्री फेर्नु नपर्ने
ब्याट्रीमा भएको कुनै चिज बिग्रिएमा पुरै ब्याट्री फेर्नु पर्ने अवस्था पहिले थियो । तर टाटाको सन्दर्भमा भने यस्तो नहुने तर्क सिप्रदी ट्रेडिङको छ । ब्याट्री प्याकमा भएका विभिन्न प्रकारका इलेक्ट्रोनिक कम्पोनेन्ट, वायरिङ, कुलिङ लाइन आदि बिग्रिएमा फरक फरक तरिकाले फेर्न सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका मोड्युललाई प्नि फरक फरक रुपमा परिवर्तन गर्न सकिन्छ । यस अनुसार ब्याट्रीमा हुने हाउजिङ देखि लिएर फरक फरक पार्ट्स र मोड्युल सम्म छुट्टाछुट्टै फर्ने सकिने कम्पनीको भनाइ छ ।

खर्च कति ?
अहिलेको अवस्थामा कुनै पनि गाडीको मूल्य जति हुन्छ, त्यसको करिव ४० देखि ५० प्रतिशत सम्म मूल्य ब्याट्रीको हुन्छ । यसले गर्दा नयाँ ब्याट्री नै फेर्नु प¥यो भने निकै नै महंगो हुन जान्छ । यो अवस्थामा ब्याट्रीका फरक फरक पार्ट्स र मोड्युल मात्र फेर्नु प¥यो भने निकै नै सस्तो र सहज हुन जाने अनुमान गर्न सकिन्छ । यसका आधारमा मोड्युल अनुसार ब्याट्रीको मूल्यको १० देखि २० प्रतिशत सम्मको मूल्यमै ब्याट्री तयार हुन्छ ।

ब्याट्री बिग्रिने सम्भावना कम
ब्याट्रीमा भएका साना सेलहरुले बराबर मात्रामा काम गर्ने गरी आवश्यक व्यवस्था गरिएको हुन्छ । कुनै ब्याट्री प्याकमा भएको कुनै सेलले ८० प्रतिशत मात्र काम ग¥यो र अन्यले १०० प्रतिशत ग¥यो भने पनि समग्र ब्याट्रीको कार्य प्रभावित हुन जान्छ । यसले गर्दा सर्भिस सेन्टरमा सर्भिसिङ गर्ने समयमा पनि यो सबै चेकजाँच हुन्छ र सबैले बराबर रुपमा कार्य गर्ने गरी ब्यालेन्सिङ गरिन्छ ।

टाटा मोटर्सले आफ्ना इलेक्ट्रिक गाडीमा भएका ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको लागि वारेन्टी उपलब्ध गराएको छ । नेपाली बजारमा उपलब्ध भएको टाटा नेक्सन ईभीमा प्रयोग भएको ब्याट्रीमा अहिले सम्म कुनै पनि समस्या आएको नपाइएको कम्पनीको भनाइ छ ।

ब्याट्री फेर्न नेपालमै सम्भव
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कुनै अवस्थामा गाडीमा प्रयोग भएको ब्याट्री वा यसमा भएका कम्पोनेन्ट नै फेर्नु प-यो भने पनि यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरेको छ । ललितपुरको बागडोलस्थित सर्भिस सेन्टरमा यसका लागि सम्पूर्ण तयारी सहितको व्यवस्थापन उपलब्ध छ । यसले गर्दा भविष्यमा आवश्यक परेमा नेपालमै ब्याट्री फेर्न वा मर्मत गर्न सकिने कम्पनीको भनाइ छ ।

(सिप्रदी ट्रेडिङले आयोजना गरेको कार्यक्रममा दिइएको जानकारीका आधारमा तयार पारिएको ।)

सम्बन्धित समाचारहरू

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

काठमाडौं – एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

चीनका ७ ठूला कार कम्पनीको कुल नाफाभन्दा सीएटीएल एक्लैको बढी

चीनका ७ ठूला कार कम्पनीको कुल नाफाभन्दा सीएटीएल एक्लैको बढी

विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी कन्टेम्पोररी एम्पेरेक्स...

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

काठमाडौं – एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...