नेटा एसको नयाँ स्पेक सार्वजनिक : नयाँ प्रविधिको क्विलिन ब्याट्रीले १,०७५ किमी रेन्ज दिने
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
काठमाडौं–हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमै २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र २९ करोड रुपैयाँ राजस्व उठेको हो ।
रसुवा र तातोपानी भन्सार बाढीपहिरोका कारण बन्द भएकाले चीनतर्फबाट आउने इलेक्ट्रि भेइकल (ईभी) यसै नाकाबाट आयत हुन थालेका छन् । यो भन्सारबाट ईभी २२२ वटा आएका छन् । जसमा १५९ वटा जाँचपास भइसकेको छ ।
यो भन्सार असोज १ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकले भदौ ३१ गते मुस्ताङको कोरला भन्सारबाट सामान आयात गर्दा बैंकहरूलाई विनिमय गर्न स्वीकृति दिएको थियो ।
रसुवा भन्सार बन्द हुँदा यो भन्सारबाट सामान आयात बढेको छ । अहिले नै अत्यधिक चिसो भएकाले हिउँदमा यो नाका प्रयोग हुनेमा शंका छ । कोरला भन्सार छेउमा कुनै पनि होटेल छैनन् । व्यवसायी तथा कर्मचारी २–३ किलोमिटर तल झरेर बस्नुपर्ने बाध्यता छ ।
दसैँ नजिकिँदै गएकाले पनि चीनबाट सामान ल्याउने व्यापारीहरूले यो भन्सार प्रयोग गरिरहेका छन् । तर, कोरला बोडरबाट ५०० मिटर उता पुगेर व्यवसायीले सामान लोड गरेर ल्याउनुपर्ने बाध्यता छ ।
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
टोर्क मोटर्स भारतमा इलेक्ट्रिक सवारी साधनको सेगमेन्टमा प्रवेश गरेको छ ।...
नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...