महिनामा औसत ८८५ युनिट विद्युतीय कार आयात, सबैभन्दा बढी चीनबाट

काठमाडौं–नेपालमा विद्युतीय कार (ईभी) को आयात बढ्दै गएको छ । चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा आयात भएको कुल ईभीलाई हेर्दा नेपालमा हरेक महिना औसतमा ८८५ युनिट विद्युतीय कार आयात भएको देखिन्छ ।

सो अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८७४ युनिटले बढी हो । यसरी आयात भएको कारको ठूलो हिस्सा चिनियाँ ब्रान्डले होल्ड गरेका छन् । ९ महिनाको उक्त अवधिमा चीनबाट मात्रै ५ हजार ९०२ युनिट विद्युतीय कार आयात आयात गरिएको छ भने भारतबाट २ हजार २३ युनिट आयात भएको छ ।

यसरी भित्रिएका विद्युतीय कारमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट गाडीहरु छन् । ९ महिनाको समयावधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ४ हजार ४१४ युनिट ईभी आयात भएका हुन् । ५० किलोवाटसम्मको २ हजार ७८३ युनिट भित्रिएका छन् ।

यस्तै, १०१ देखि २०० किलोवाटसम्म ७४२ युनिट आयात भएका छन् भने २०१ देखि माथि १९ युनिट आयात भएका छन् । चीन र भारतपछि तेस्रो धेरै ईभी जर्मनीबाट ३१ युनिट आयात गरिएको छ । अन्य देशबाट नगन्य मात्रामा ईभी आयात भएका छन् ।

सम्बन्धित समाचारहरू

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत...

होन्डाले सार्वजनिक ग-यो इन्टेलिजेन्ट कन्ट्रोल सिस्टमले सुसज्जित नयाँ इलेक्ट्रिक कार

होन्डाले सार्वजनिक ग-यो इन्टेलिजेन्ट कन्ट्रोल सिस्टमले सुसज्जित नयाँ इलेक्ट्रिक कार

होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ...

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणका लागि उपलब्ध ग्रेटवाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...