७ महिनामा १३ अर्ब मूल्यका ५ हजार ८९६ ईभी आयात

काठमाडौं –चालु आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालमा ५ हजार ८९६ युनिट विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार १३ अर्ब ८५ करोड १ लाख ३५ हजार रुपैयाँ बराबरका ईभी भित्रिँदा सरकारलाई ८ अर्ब ४६ करोड २६ लाख ७७ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ईभी आयात ५.७८ प्रतिशतले घटेको छ । गत वर्षको सोहि अवधीमा ६ हजार २५६ युनिट ईभी आयात भएका थिए ।

७ महिनाको अवधिमा ५० किलोवाटसम्मका १ हजार ९९२ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ४०२, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४९३ र २०१ किलोवाट माथिका ७ युनिट ईभी भित्रिएका छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।

यसैगरी माघसम्म ५ हजार ६९ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन्, जसको मूल्य ५१ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

घोराहीको घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

घोराहीको घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

दाङ – घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ ।...

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

काठमाडौं – सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ ।...

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...