काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध
काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...
दाङ - घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए ।
घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।
“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भने । साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए ।
छिट्टै सञ्चालनमा आउन लागेको जीपलाइनसँगै स्काइ साइक्लिङ पनि हुनेछ । स्काइ साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काइ साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनले बताए । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।
घोरदौरामा जीपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु एक हजार आठ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए ।
काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...
कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना...
नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...