९ महिनामा नेपाल भित्रिए करिव ८ हजार ईभी, चैतमा मात्र भित्रिए करिव ९ सय ईभी

काठमाडौं – नेपाली बजारमा चालु आर्थिक वर्ष अर्थात गत साउन देखि चैत महिना सम्ममा करिव ८ हजार ईभी भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चैत महिना सम्ममा ७ हजार ९६७ ईभी अर्थात कार, जिप र भ्यान भित्रिएका छन् ।

यी मध्ये अनएसेम्बल अवस्थाका ९ युनिट छन् भने बाँकी सबै तयारी अवस्थाका ईभी हुन् । यस अनुसार चैत महिनामा मात्र ८८७ युनिट ईभी नेपाल भित्रिएका छन् ।

यो भन्दा पहिले गत फागुन महिना सम्ममा ७ हजार ८० युनिट ईभी भित्रिएका थिए । फागुनमा ८२४ युनिट ईभी भित्रिएका थिए ।

चैत महिना सम्म भित्रिएका ईभी मध्ये धेरैजसो चीन र केही संख्यामा भारतबाट भित्रिएका ईभीको बाहुल्यता छ । ५० किलोवाट सम्मका ईभी २ हजार ७८३ युनिट भित्रिएका मध्ये चीनबाट १ हजार ५४६ र भारतबाट १ हजार २३४ युनिट भित्रिएका छन् । बाँकी ३ युनिट इन्डोनेसियाबाट भित्रिएका छन् ।

५१ देखि १०० किलोवाटको ईभी भने चीनबाट ३ हजार ६२४ र भारतबाट ७८९ युनिट भित्रिएका छन् । त्यसैगरी १०१ देखि २०० किलोवाट सम्मका ईभी चीनबाट ७१० युनिट र जर्मनीबाट २६ युनिट भित्रिएका छन् ।

कुल १८ अर्ब ६२ करोड २३ लाख रुपैयाँमा उक्त संख्यामा विद्युतीय कार आयात भएका हुन् । उक्त कार आयात बापत सरकारले ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरू

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० सबैभन्दा बढी ‘फ्युचर रेडी’ अर्थात भविष्यका लागि तयार...

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...