चिनियाँ कार कम्पनी र ईभी अगाडि निरीह बन्दै पश्चिमी कम्पनी

चीनमा प्राविधिक क्रान्ति आएसँगै चीनले विश्वव्यापी स्मार्टफोन बजार कब्जा गरिसकेको छ । आज स्मार्टफोनदेखि अटोमोबाइल्स सबै उद्योगमा चीनको प्रभुत्व छ । चीनको प्राविधिक विकासको आक्रामक गति र रणनीति आज संसारभरका धेरै ठुला कार कम्पनीको लागि समस्याको कारण बनेको छ।

अटोमोबाइलको सबैभन्दा ठुलो बजार चीनले विश्वव्यापी अटो उद्योगमा हलचल मच्चाएको छ । फक्सवागन, मर्सिडिज बेन्ज, एस्टन मार्टिन, बीएमडब्लु जस्ता युरोपेली कम्पनी चीनमा आफ्नो पेट्रोल र ईभी कार बेच्न संघर्ष गरिरहेका छन् । सस्तो चिनियाँ कारका कारण फक्सवागन जस्तो ठुला अटोमोबाइल कम्पनी जर्मनीमा आफ्ना प्लान्ट बन्द गर्न बाध्य भएको छ ।

चीनमा उत्पादन भएको सस्तो इलेक्ट्रिक कारका कारण चीनमा युरोपेली कार कम्पनी बन्द हुँदैछन् । झण्डै चार दशकदेखि चीनमा व्यापार गर्दै आएको जर्मन कम्पनी अहिले धरासायी बन्दै गएको छ । कम्पनीको आम्दानीको ३० प्रतिशतभन्दा बढी स्रोत चीनबाट आउँछ, तर यस वर्षको तथ्यांकअनुसार चीनमा फक्सवागनको बिक्री १० प्रतिशतले घटेको छ भने कम्पनीको नाफा ६४ प्रतिशतले घटेको छ । जसका कारण एकातिर कम्पनीले चीनमा उत्पादन घटाउनु परेको छ भने अर्कोतिर जर्मनीमा ३ वटा कारखाना बन्द गर्न लागेको छ ।

यसको मुख्य कारण चीनको आक्रामक विस्तार नीति भनिएको छ । वास्तवमा, चीनका सरकारी बैंक र अन्य सरकारी उद्यमले स्थानीय अटो कम्पनीलाई ठुलो सब्सिडी रहेका छन् । यसले कम्पनीलाई लागत घटाउन मद्दत गरिरहेको छ। अनुदानका कारण चिनियाँ कारको मूल्य ३० प्रतिशत कम छ भने इलेक्ट्रिक कार ५० प्रतिशतसम्म कम मूल्यमा लन्च भइरहेको छ ।

चीनले सन् २००० मा नै इलेक्ट्रिक कारमा जाने रणनीति तयार गरेको थियो । चिनियाँ कम्पनीले पेट्रोल-डिजेल कारमा युरोपेली, अमेरिकी, कोरियाली र जर्मन कम्पनीलाई हराउन नसक्ने महसुस गरेका थिए। चीनमा अटो इन्जिनियर बनेका वान ग्याङले सन् २००९ मा ईभी कम्पनीलाई सब्सिडी दिने योजना सुरु गरे । २०२२ सम्म २ लाख ५ हजार करोड भन्दा बढी सहायता प्रदान गरिएको थियो। आज विश्वका ५० प्रतिशतभन्दा बढी ईभी चीनमा बेचिन्छ ।

रिपोर्टका अनुसार चीनको ईभीका बारेमा आक्रामक नीतिको प्रभावले पेट्रोल डिजेल गाडीको तुलनामा इलेक्ट्रिक कारको मूल्य १९ प्रतिशतसम्म कम भएको छ । त्यहाँको कार बजारमा इलेक्ट्रिक सवारी साधनको हिस्सा २० प्रतिशत पुगेको छ । युरोपमा ५० वटा मुख्य कार उत्पादन गर्ने ब्रान्ड छन् भने अमेरिका र जापानमा १४–१४ ब्रान्ड छन् । जबकि चीनमा १४० ब्रान्ड छन् । साथै, चीनको उत्पादन क्षमता पश्चिमी कार निर्माता भन्दा ३० प्रतिशत तीव्र छ।

सम्बन्धित समाचारहरू

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ५०...

युरोपमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

युरोपमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

चिनियाँ अटोमोबाइल जायन्ट चांगानले यसै वर्ष आफ्नो न्यु इनर्जी ब्रान्ड दिपल...

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...