बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ–अर्थमन्त्री रामेश्वर खनालले युरो–३ मापदण्डका सवारी साधन आयात खुल्लाका लागि निर्णय गराएका छन् ।
अर्थमन्त्री खनालले नेपाल सवारी मापदण्ड, २०८२ विपरीत ३५ दिनको समय राखेर युरो–३ मापदण्डको गाडी भित्राउने निर्णय राजपत्रमा प्रकाशित गराएका हुन् । नेपाल सवारी मापदण्ड, २०८२ सवारी साधनको हकमा २०८२ मङ्सिर १५ गतेसम्म पूर्ववत् मापदण्ड अनुसार आयात गर्न सकिने जनाइएको छ ।
राजपत्रमा ‘नेपाल सवारी प्रदुषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा संवत् २०८२ साल मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने’ उल्लेख छ ।
यो व्यवस्था अनुसार व्यवसायीहरूले युरो ३ गाडीहरू आयात गर्न पाउने भएका हुन् । सरकारले २०८२ असार ९ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल सवारी मापदण्ड, २०८२ लागू गरेको थियो । सो मापदण्ड लागू भएसँगै चार पाङ्ग्रे सावरी साधनमा युरो ६ र दुई पाङ्ग्रे सवारी साधनमा युरो ५ लागू भएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...