भैरहवाका बिनोद यादवले जिते लक्की ड्रमा यामाहा बाइक
काठमाडौं– यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको...
काठमाडौं —ट्रायम्फकाे नेपालका लागि आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफलतापूर्वक सम्पन्न गरेको छ । अप्रिल २० देखि २७, २०२५ सम्म आयोजित आठ दिने यो रोमान्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए ।
१ हजार किलोमिटरभन्दा बढीको दुरी पार गर्दै, राइडरहरूले ट्रायम्फको स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्समा नेपालको विविध भू–भागहरूमा यात्रा गरे — जसले यी मोटरसाइकलहरूको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रमाणित गरेकाे बताइएको छ । यस राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायहरूलाई टेवा र दुई पांग्रे पर्यटनको बढ्दो सम्भावनालाई उजागर ग-यो ।
पहिलो दिन राइडको सुरुआत ट्रायम्फ नेपाल शोरुमबाट भयो । बाइकर्स क्याफेमा बिहानको नास्ता पश्चात् राइडरहरू मुग्लिन, हेम्जा हुँदै कुश्मा पुगे ।
दोस्रो दिन देउराली र टिटी ताल घुम्दै राइडरहरू बेलुकाको बास मार्फा गाउँमा गर्न पुगे ।
तेस्रो दिन जोमसोम नजिकको धुम्बा ताल, लुब्रा पास र निल्गिरी भ्यु पोइन्ट हुँदै हिन्दू तथा बौद्धहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भयो ।
चौथो दिन चुनौतीपूर्ण मार्ग पार गर्दै राइडरहरू प्राचीन पर्खालले घेरिएको मुस्ताङको राजधानी लो–मान्थाङमा पुगे ।
पाँचौं दिन शिजा झोङ गुफा, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भ्यु पोइन्टको अवलोकन गर्दै लाे-मान्थाङमै बास बसे ।
छैठौं दिन स्याङबोचे, जोमसोम जस्ता मनमोहक ठाउँ पार गर्दै राइडरहरू तातोपानी पुगेर तातो पानीको कुन्डमा स्नान लिइ विश्राम गरेका थिए ।
सातौं दिन हेम्जा, घाँसिकुवा जस्ता रमणीय स्थल हुँदै कुरिनटारमा दिनको अन्त्य भयो ।
आठौं दिनको यात्रा गल्छी, बिदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर ८ दिनको यात्रा सम्पन्न भयो ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन - एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम केवल एक मोटरसाइकल यात्रा मात्र नभएर आजीवन बिर्सिनै नसकिने रोमाञ्चक यादहरु बने ।
काठमाडौं– यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
एड्भेन्चर टुरिङ रुचाउने राइडरहरुका लागि लक्ष्यित गरी नेपाली बजारमा हालै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...