नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत
रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...
सानो साइज र सस्तो मूल्यका कारण नेपालमा ह्याचब्याक कारको क्रेजमा खासै कमी आएको छैन । समन्यत १ हजार सिसी क्षमतासम्मका साना कारलाई इन्ट्रि लेभल ह्याचब्याकको श्रेणीमा राख्ने गरिएको छ । हाल बजारमा यो सेग्मेन्ट अन्तर्गत मारुती सुजकी, रेनो र ड्याटसनका कारहरु उपलब्ध छन् । यी तीनवटै कारमा ९ सय ९९ सीसी क्षमताको इन्जिन जडान गरिएको छ ।
समान क्षमताका इन्जिन जडान गरिएका कारण यी सबै कारले प्रदान गर्ने पावर र टर्क समेत एकै प्रकारको छ । यी तीनवटै कारले ६७ बिएचपी पावर र ९१ एनएम टर्क जेनेरेट गर्छन । पावर र टर्क समान भएपनि यी तीन कारको मूल्यमा भने ठूलै अन्तर रहेको देख्न सकिन्छ । मूल्यको यस्तो अन्तर ४ लाख रुपैयाँसम्म रहेको छ ।
यो सेग्मेन्टमा सबैभन्दा महंगो रेनो क्विड देखिएको छ । ३ भीन्न भेरियन्टमा उपलब्ध क्विड आरएक्सटी म्यानुअलको २६ लाख ७९ हजार, क्लाइम्बरको २७ लाख ८९ हजार र आरएक्सटी अटोमेटिकको २८ लाख ४९ हजार रुपैयाँ पर्छ ।
त्यसैगरी मारुती सुजुकी एसप्रेसो भिएक्सआईको मूल्य २६ लाख ५९ हजार रुपैयाँ कायम गरिएको छ । यो सेग्मेन्टमा सबैभन्दा सस्तो देखिएको ड्याटसन रेडीगो म्यानुअलको मूल्य २४ लाख ४९ हजार र अटोमेटिकको २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी तीन कारमध्ये अहिले बजारमा सबैभन्दा बढी रेनो क्विडलाई रुचाइएको छ । एसयुभी प्रेरित लुक्स र यहि सेग्मेन्टका अन्य कारको तुलनामा बढी फिचर दिइएका कारण क्विडलाई बढीमात्रामा रुचाइएको हो ।
रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...
फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...