के गाडीको इन्जिन आयल पनि एक्सपायर हुन्छ ?
कार, मोटरसाइकल, स्कुटर वा कुनै पनि मोटर गाडी चलाउनुहुन्छ भने त्यसको...
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली बजारमा फेरि पनि बढ्ने भएको छ । नेपालमा विभिन्न देशबाट लुब्रिकेन्ट आयात गरिरहेको वितरकहरुले निषेधाज्ञा पश्चात फेरि लुब्रिकेन्टको मूल्य बढ्ने बताएका छन् ।
गत बैशाखमा निषेधाज्ञा प्रारम्भ हुनु भन्दा पहिले विभिन्न लुब्रिकेन्टको मूल्यमा करिव १० प्रतिशत वृद्धि भएको थियो । अब फेरि कमसेकम १२ प्रतिशत मूल्य बढ्न सक्ने व्यवसायीहरुले जानकारी दिएका छन् ।
नेपाली बजारमा मोटुल लुब्रिकेन्टको वितरक भीजी अटोमोबाइल्सका बिजनेस हेड पुरुषोत्तम पौडेलले डिजेल, पेट्रोल, हाइड्रोलिक र गियर आयल सबैमा मूल्य बढ्ने निश्चित भएको बताए ।
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो यातायात र लेवर खर्चले यसमा असर पु-याएको नाडाको लुब्रिकेन्ट समितिका सदस्य मधुसूदन सिग्देलले बताए । सामान्यतः एकै पटक धेरै नबढ्ने गरेको मूल्य अहिले चारपाँच वर्षको अन्तरालमा यसरी एकै पटक बढेको सिग्देलले बताए ।
व्यवसायीहरुले यस्तै अवस्था रहेमा लुब्रिकेन्टको मूल्यमा लगातार वृद्धि हुने र उपभोक्ताले धान्न नसक्ने अवस्थामा पुग्ने अनुमान गर्छन् ।
नेपाली बजारमा हाल वार्षिक रुपमा ४० हजार केएल (किलोलिटर) लुब्रिकेन्टको माग छ । यस अन्तर्गत दैनिक ११० केएल लुब्रिकेन्ट चाहिन्छ । यस मध्ये स्वदेशी उत्पादनबाट १४ हजार केएल र अधिकृत आयातबाट हुने आपूर्ति १८ हजार केएल गरी ३२ हजार केएल आपूर्ति भइरहेको अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । बाँकी ८ हजार केएल अनधिकृत चोरी पैठारीबाट भइरहेको देखिन्छ, अर्थात मूल्यको आधारमा हेर्दा नेपालको कूल बजार माग ११ अर्व भएकोमा स्वदेशमा उत्पादित र अधिकृत आयातबाट ८ अर्वको कारोबार भइरहेको र बाँकी ३ अर्वको कारोबार अनधिकृत रुपमा भइरहेको नाडाको भनाइ छ ।
नाडाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दा सरकारसँग यस्तो अनधिकृत आयातलाई नियन्त्रण गर्न हाल ५ प्रतिशत देखि ३० प्रतिशतसम्म रहेको भन्सार दरलाई एकल रुपमा २० प्रतिशत कायम गरिनु पर्ने माग गरेको थियो । यसरी भन्सार महशुल घटाउदा अधिकृत आयात तथा स्वदेशी उत्पादनमा वृद्धि भई सरकारको राजस्व संकलनमा थप वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।
त्यसैगरी आयातित लुव्रिकेन्ट्समा भन्सार दर घटिसकेपछि स्वदेशी उद्योगको संरक्षण गर्नको लागि वेस आयलको भन्सार दर १५ प्रतिशतबाट घटाई ५ प्रतिशत गरिनु पर्ने समेत नाडाको माग थियो ।
कार, मोटरसाइकल, स्कुटर वा कुनै पनि मोटर गाडी चलाउनुहुन्छ भने त्यसको...
काठमाडौं – विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’...
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...