साउन १ देखि सबै गाडी र मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राखिने

काठमाडौं – आगामी साउन १ देखि सबै नयाँ सवारी साधन र नवीकरण गर्नु पर्ने सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राखिने भएको छ । यातायात व्यवस्था विभागले यसको लागि सम्पूर्ण तयारी पुरा गरेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिएका छन् ।

अन्य सेवाग्राहीले समेत ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उनले बताए । डेकाटुर टाइगर कम्पनीले यस प्रकारको इम्बोस्ड नम्बर प्लेट छाप्ने जिम्मेवारी पाएको छ ।

विभागमा फारम भरेपछि दर्ता र नवीकण गर्न पाउने र प्रदेश कार्यालयमा गएर नम्बर फिट गर्न पाउने छन् । यी सबै कार्यका लागि विभागले समन्वय गरिदिने छ ।

५ भदौ २०७४ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट उद्घाटन गरेका थिए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली भाषामा नभएकोलगायत कारण देखाउँदै अधिवक्ता भरत बस्नेत र राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गराएका थिए ।

यस्तो छ इम्बोस्ड नम्बर प्लेटको शुल्क

सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट राख्नलाई हालको भन्दा केही महँगो भने पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चार पाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने विभागले जनाएको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
इम्बोस्ड नम्बर प्लेटमा रहेका अक्षरहरु अलि उठेका देखिन्छन् । यस्तो नम्बर प्लेट हाल प्रयोगमा रहेका नम्बर प्लेटभन्दा बढी टिकाउ छ । प्लेटमा रहेको चिपमा सो सवारी साधनसम्बन्धी सबै जानकारी उपलब्ध हुन्छ।

सम्बन्धित समाचारहरू

३ लाख ६२ हजार कार फिर्ता लिँदै टेस्ला, यस्तो छ कारण

३ लाख ६२ हजार कार फिर्ता लिँदै टेस्ला, यस्तो छ कारण

टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको...

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ।...

नेपाल भित्रियो पहिलो इलेक्ट्रिक क्रुजर बाइक : प्रि–बुकिङ गरेकालाई डेलिभरी गरिने

नेपाल भित्रियो पहिलो इलेक्ट्रिक क्रुजर बाइक : प्रि–बुकिङ गरेकालाई डेलिभरी गरिने

काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...