इम्बोस्ड नम्बर प्लेट छपाइमा गरियो साढे ९२ करोड बढी खर्च, तर जडान ६३ हजार

काठमाडौं - यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा उक्त रकम खर्च गरिएको उल्लेख छ ।

प्रतिवेदनले उल्लेख गरे अनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता गरी यस वर्षसम्म ५ लाख ९२ हजार ८ सय ९ थान नम्बर प्लेट छपाइ गरेको थियो ।

नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहत यातायात कार्यालयबाट ६३ हजार २ सय ८९ थान मात्रै जडान भएको छ ।

यातायात व्यवस्था विभागले २२ कात्तिक २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २८ कात्तिक २०७९ देखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरे तापनि उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

सम्बन्धित समाचारहरू

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर

काठमाडौं–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले...

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा...

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ड्राइभिङ सिक्नु आजकल धेरै सजिलो भएको छ । कुनै पनि ड्राइभिङ स्कुल वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...