के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

इलेक्ट्रिक टु ह्विलरको माग बजारमा खासै बढ्न नसकेपनि पछिल्लो समय नयाँनयाँ ब्रान्डका यस्ता साधन भित्रिने क्रम भने रोकिएको छैन । बजारमा अहिले डेढ दर्जन बढी ब्रान्डका इलेक्ट्रिक टु ह्विलर उपलब्ध रहेपनि हालसम्म कुनैपनि ब्रान्डले सन्तोषजनका व्यापार भने गर्न सकिरहेका छैनन् । यसका बावजुत पनि बजारमा हरेक महिनाजसो नयाँ नयाँ ब्रान्ड थपिने क्रमले तिब्रता भने पाइनै रहेको देखिन्छ ।

यसले भबिष्यमा इलेक्ट्रिक स्कुटरको बजार बढ्ने अनुमान गर्दै नयाँ ब्रान्ड ल्याएका उनीहरु तत्कालका लागी ब्रान्ड होल्ड गेरर बस्ने रणनितीमा रहेको स्पष्ट देखाउँछ । यस्ता साधनको बजार अनुकुल हुनेबित्तकै बिक्री बढ्ने अनुमान गरेर बसेकै कारण ब्रान्ड प्रमोसनदेखी लक्षित ग्राहक पहिल्याउन समेत उनीहरुले खासै मेहनत नगरेको सहजै अनुमान लगाउन सकिन्छ ।

चीनबाट आयत गरी ल्याइएका अधिकांश यस्ता ब्रान्डमा ग्राहकले चासो नदिनुका पछाडी कतै उनीहरुले भारतीय ठूला टु ह्विलर ब्रान्डको उत्पादन कुरेर बसेका त होइनन, भन्ने अर्थमा समेत बुझ्नु पर्ने एक व्यवसायी बताउँछन् । उनले भने, ‘पेट्रोलको मूल्य बढेर प्रतिलिटर १५० रुपैयाँसम्म पुग्दा समेत ग्राहकले इलेक्ट्रिक स्कुटरमा रुची नदेखाउनु आफैमा आश्चर्य लाग्दो बिषय बनिरहेको छ ।’ इलेक्ट्रिक प्यासेन्जर कारमा ग्राहक झुम्मिने अबस्था रहँदा पनि स्कुटरलाई किन रुचाइएन भनेर आयतकर्ताहरुले समयमै सोच्नुपर्ने उनको सुझाब छ ।

‘भोली बजार राम्रो होला अनि बिक्री गरौँला भनेर कुर्दासम्म भारतीय ठूला ब्रान्ड हिरो, होन्डा, बजाज, टिभिएस र यामाहाका उत्पादन आए भने हाल उपलब्ध सबै ब्रान्डको भबिष्य संकटमा पर्न सक्छ । जसरी कम्बस्टन इन्जिनको बिक्रीमा यीनीहरु लोकप्रिय बनिरहेका छन् भोली यीनीहरुकै उत्पादन बजारमा आउँदा ग्राहकले विश्वास गर्ने अबस्था बन्ने निश्चित देखिन्छ र यसले हाल कारोबार भैरहेको सबैजसो ब्रान्डलाई बिस्थापित गर्न सक्छ’ नेपाल अटोसंग उनले भने ।

ती व्यवसायीको भनाईमा सहमत हुँदै यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्री पनि हाल उपलब्ध ब्रान्डका टु ह्विलरमा ग्राहकले विश्वास गर्न नसकिरहेको बताउँछन् । उनले भने, ‘अटोमोबाइलको बिक्री सोचेभन्दा फरक छ । सवारीसाधन ल्याएर शोरुममा राखेकै भरमा बिक्री हुने अबस्था छैन । बिक्री संगसंगै स्पेयर पार्टस र सर्भिस सेन्टरको ब्यवस्था अनिबार्य भैसकेको छ । तर अहिले कारोबार गरिरहेका इलेक्ट्रिक टु ह्विलरका कारोबारीले शोरुम खोलेर बाइक राख्ने बाहेक बिक्री पछिको सेवमा खासै प्रगती गर्न सकिरहेका छैनन् । जुन कुरालाई ग्राहकले समेत नजिकबाट नियालिरहेका छन् । जबसम्म सेल्स, सर्भिस र स्पेयर पार्ट्सको नेटवर्क बलियो हुँदैन तबसम्म यस्ता साधनको बिक्री सोचेअनुरुप हुने देखिँदैन ।’

भोलिका दिनमा यामाहा लगायत अन्य ठूला ब्रान्डको इलेक्ट्रिक टु ह्विलर नेपाल आउँदा अहिलेकै सेटअपबाट सेवा दिन सहज हुने र ग्राहकले समेत आफ्नो नजिक रहेको डिलरबाट सबै सेवा पाउने हुँदा ग्राहकमा बिश्वास समेत बढ्ने क्षेत्रीले बताए । ‘इलेक्ट्रिक सेग्मेन्टका लागी भनेर हामीले छुट्टै युनिट खडा गरिरहनु पर्दैन । हाल संचालनमा रहेकै युनिटले बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउने हुँदा कम्पनी र ग्राहक दुबै पक्षलाई सहज हुन्छ’ उनले भने ।

भारतमा बजाजले चेतक ब्रान्ड र टिभिएसले आई क्यूव नाममा इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री थालिसकेका छन् । हिरोले केही दिनअघिमात्र भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने घोषणा गरिसकेको छ भने होन्डा र यामाहले पनि यो सेग्मेन्टको उत्पदानमा भित्रभित्रै तयारी थालिसकेको छ । यस हिसावले पनि अबको केही बर्षभित्र यी पाँचवटै ठूला ब्रान्डको इलेक्ट्रिक टु ह्विलर नेपाल आउने लगभग पक्कापक्की जस्तै देखिन्छ । त्यतिबेला हाल कारोबार भैरहेका ब्रान्डले उनीहरुसंग प्रतिस्पर्धा गर्ने गरी नेटवर्क बिस्तारमा लगानी गर्ने या बजारबाट पलयान हुने मध्ये एक बिकल्प रोज्नुपर्ने बाध्यत्मक स्थिती पैदा हुन सक्छ ।

सम्बन्धित समाचारहरू

१९ लाख भन्दा बढी टेस्लाको इलेक्ट्रिक पिकअप साइबरट्रक बुक, वेटिङ पिरियड ५ वर्ष पुग्यो

१९ लाख भन्दा बढी टेस्लाको इलेक्ट्रिक पिकअप साइबरट्रक बुक, वेटिङ पिरियड ५ वर्ष पुग्यो

टेस्लाले नोभेम्बर २०१९ मा इलेक्ट्रिक साइबरट्रक सार्वजनिक गरेको थियो र...

६२० किमी रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ द्वारा प्रायोजित र्‍याली सम्पन्न

६२० किमी रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ द्वारा प्रायोजित र्‍याली सम्पन्न

एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको...

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...