वागन आर अब टोयोटाले बजारमा ल्याउने, आउँदै छ इलेक्ट्रिक भर्सनमा

मारुती सुजुकी वागन आर धेरैलाई मन पर्ने गाडी हो । कम मूल्यमा उपलब्ध हुने र परिवारका सदस्य आरामका साथ बस्न सकिने यो कार इलेक्ट्रिकमा आयो भने कति रमाइलो होला ? थोरै खर्चमा यसलाई चलाउन सकिएला ।

तर मारुती सुजुकीको वागन आर अब इलेक्ट्रिक अवतारमा भने टोयोटाले लिने भएको छ । टोयोटाको ब्रान्डिङ भएको वागन आर हालै परीक्षणको क्रममा देखिएको छ । सो कारको लुक र डिजाइन पनि धेरै फरक देखिएको छ ।

टोयोटाले बजारमा उपलब्ध गराउने सो इलेक्ट्रिक वागन आरको नयाँ नाम टोयोटा हाइरिडर हुने अुनमान गरिएको छ । टोयोटाले केही समय पहिले यो नामको ट्रेडमार्क दर्ता गराएकोले यो अनुमान गरिएको हो । यसको इन्टेरियर र एक्सटेरियरमा भने व्यापक परिवर्तन हुने पक्का भएको छ ।

यसको फ्रन्ट भाग पुरै बदलिएको छ । यसमा एक पातलो ग्रिल सामेल छ, जुन टर्न इन्डिकेटरको रुपमा देखिन्छ । यसमा फ्रन्ट र रियर बम्परलाई अपडेट गरिएको छ ।

टोयोटाले ल्याउने वागनर आरको इन्जिन वा ब्याट्री सेटअपको वारेमा पनि अहिले केही बताइएको छैन । यद्यपि यसमा १० देखि २५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक प्रयोग हुने अनुमान गरिएको छ । यो वर्षको अन्त्य वा सन् २०२२ को प्रारम्भमा टोयोटा हाइरिडर बजारमा आउने अनुमान गरिएको छ ।

टोयोटा र मारुतीले गत वर्ष देखि नै विभिन्न क्षेत्रमा सहकार्यको घोषणा गरेका छन् । यस अन्तर्गत अन्य कारहरु समेत बजारमा आइसकेका छन् ।

सम्बन्धित समाचारहरू

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...