वागन आर अब टोयोटाले बजारमा ल्याउने, आउँदै छ इलेक्ट्रिक भर्सनमा

मारुती सुजुकी वागन आर धेरैलाई मन पर्ने गाडी हो । कम मूल्यमा उपलब्ध हुने र परिवारका सदस्य आरामका साथ बस्न सकिने यो कार इलेक्ट्रिकमा आयो भने कति रमाइलो होला ? थोरै खर्चमा यसलाई चलाउन सकिएला ।

तर मारुती सुजुकीको वागन आर अब इलेक्ट्रिक अवतारमा भने टोयोटाले लिने भएको छ । टोयोटाको ब्रान्डिङ भएको वागन आर हालै परीक्षणको क्रममा देखिएको छ । सो कारको लुक र डिजाइन पनि धेरै फरक देखिएको छ ।

टोयोटाले बजारमा उपलब्ध गराउने सो इलेक्ट्रिक वागन आरको नयाँ नाम टोयोटा हाइरिडर हुने अुनमान गरिएको छ । टोयोटाले केही समय पहिले यो नामको ट्रेडमार्क दर्ता गराएकोले यो अनुमान गरिएको हो । यसको इन्टेरियर र एक्सटेरियरमा भने व्यापक परिवर्तन हुने पक्का भएको छ ।

यसको फ्रन्ट भाग पुरै बदलिएको छ । यसमा एक पातलो ग्रिल सामेल छ, जुन टर्न इन्डिकेटरको रुपमा देखिन्छ । यसमा फ्रन्ट र रियर बम्परलाई अपडेट गरिएको छ ।

टोयोटाले ल्याउने वागनर आरको इन्जिन वा ब्याट्री सेटअपको वारेमा पनि अहिले केही बताइएको छैन । यद्यपि यसमा १० देखि २५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक प्रयोग हुने अनुमान गरिएको छ । यो वर्षको अन्त्य वा सन् २०२२ को प्रारम्भमा टोयोटा हाइरिडर बजारमा आउने अनुमान गरिएको छ ।

टोयोटा र मारुतीले गत वर्ष देखि नै विभिन्न क्षेत्रमा सहकार्यको घोषणा गरेका छन् । यस अन्तर्गत अन्य कारहरु समेत बजारमा आइसकेका छन् ।

सम्बन्धित समाचारहरू

भोलि देखि हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुने

भोलि देखि हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय...

नयाँ वर्षको अवसरमा टोयोटा नेपालले राष्ट्रव्यापीरुपमा अपग्रेड इभेन्ट आयोजना गर्ने

नयाँ वर्षको अवसरमा टोयोटा नेपालले राष्ट्रव्यापीरुपमा अपग्रेड इभेन्ट आयोजना गर्ने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...