कुलमान घिसिङको इलेक्ट्रिक मोह

आज अप्रिल २२ अर्थात पृथ्वी दिवस । पृथ्वी दिवसको दिन वातावरण संरक्षण गरेर पृथ्वीलाई हरियाली बनाउने अभियान सञ्चालन गरिन्छ । यो दिन धेरैले पृथ्वीलाई स्वच्छ राख्ने प्रण गर्छन् । हामीले पनि यही गर्ने गरेका छौ ।

सवारी साधनबाट निस्कने प्रदूषणले पृथ्वीलाई स्वच्छ राख्ने अभियानमा बाधा पु¥याएको छ भनिन्छ । यसैकारण नै कसरी स्वच्छ उर्जाबाट सञ्चालन हुने सवारी साधनको विकास गर्न सकिन्छ भनेर विश्वभर बहस चलिरहेको छ । यसको एउटा विकल्पको रुपमा इलेक्ट्रिक सवारी साधनलाई लिइन्छ ।

इलेक्ट्रिक सवारी साधनले वातावरण प्रदूषण गर्दैनन् । नेपाली बजारमा पनि हाल धेरै कम्पनीका इलेक्ट्रिक सवारी साधन भित्रिसकेका छन् । विशेष गरी केही ब्रान्डका इलेक्ट्रिक कार र धेरै मात्रामा स्कुटर नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छन् । यही कुरालाई मनन गरी आज यस्ता सवारी साधन आयातकर्ताहरुले पृथ्वी दिवसको सन्दर्भमा आफ्नो ब्रान्ड समेत प्रवद्र्धन गरेको पाइन्छ ।

पृथ्वी दिवसकै दिन नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर पनि भाइरल बनेको छ । सामाजिक सञ्जालमा उनले टेस्ट राइड गरेको इलेक्ट्रिक बाइक र उनको वारेमा चर्चा भएको छ । समाचार बनेका छन् ।

नेपालमा कुनै बेला घण्टौ सम्म लोडसेडिङ हुने समयमा विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले लोडसेडिङ हटाउनुका साथै विद्युतलाई अन्य कार्यमा समेत उपयोग गर्न सकिने विकल्प मार्गदर्शन गरेका थिए । यसकारण पनि उनले विद्युतीय सवारीप्रति चासो राख्दा समाचार बनिहाल्छ ।

नेपाली युवा इन्जिनियरहरुको समूहले उत्पादन गरेको इलेक्ट्रिक मोटरसाइकल पी–१ को टेस्ट राइड उनले हिजो गरेका हुन् । यात्री मोटरसाइकल्सले केही दिन पहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त मोटरसाइकलको निर्माणमा पहिले देखि नै निरन्तर लागिरहेको बताएको थियो । कम्पनीले यो ड्युअल स्पोर्ट मोटरसाइकलको नाम पी–१ राखेको छ । यद्यपि यसको बिक्री प्रारम्भ भइसकेको छैन ।
घिसिङले गत साउन महिनामा नक्सालको नारायणचौरमा खुलेको जिनियस र टेल्जी ब्रान्डको सोरुम उद्घाटन गरेका थिए । जिनियस ब्रान्डको इलेक्ट्रिक बाइक र टेल्जी ब्रान्डका स्कुटर नेपाली बजारमा उपलब्ध छन् । सोरुम उद्घाटनको अवसरमा उनका साथमा महावीर पुन समेत थिए ।

नेपालमा इलेक्ट्रिक सवारी साधनको बिक्री राम्रोसँग हुन सकेको छैन भनिन्छ । पछिल्लो समयमा सरकारले ल्याएको नीतिले झन् इलेक्ट्रिक कारको बिक्री ह्वात्तै घटेको छ । यो अवस्थामा इलेक्ट्रिक बाइक वा स्कुटरको बिक्री कस्तो हुने होला । यो पनि प्रतीक्षाकै विषय छ ।
जे भए पनि कुलमान घिसिङ जस्ता अभियन्ताहरुले यस्ता कार्यलाई प्रोत्साहन गर्नुलाई राम्रो मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन नेपाली बजारमा उपलब्ध १२ मोडलका इलेक्ट्रिक मोटरसाइकल, नयाँ व्रान्ड पनि थपिँदै

यी हुन नेपाली बजारमा उपलब्ध १२ मोडलका इलेक्ट्रिक मोटरसाइकल, नयाँ व्रान्ड पनि थपिँदै

विद्युतिय सवारीको लोकप्रियता बढेसंगै नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ...

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने नयाँ ब्रान्ड सुनरा ईभीको इलेक्ट्रिक...

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...