बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर
काठमाडौं – बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक...
वाग्मती प्रदेश र विशेष गरी काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीका साथै भाडामा लिएर कार वा डेलिभरी भ्यान जस्ता सुविधा प्रयोग गर्न सकिने भएको छ । यही साता भएका दुई ठूला व्यवस्थाले यसतिर बढी सम्भावना देखाएको छ । यस्ता केही अभ्यासहरु पहिले देखि नै प्रयोगमा समेत आइसकेका छन् ।
वाग्मती प्रदेश सरकारले हालै जारी गरेको नयाँ निर्देशिका अनुसार पुराना ट्याक्सीको सट्टामा अब नयाँ ट्याक्सी दर्ता गर्दा अनिवार्य विद्युतीय सवारी साधन मात्र प्रयोग गर्नु पर्नेछ । प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै साधरण र विशेष ९डिलक्स० ट्याक्सीको मापदण्ड तोकेको छ ।
साधारण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा विद्युतीय ट्याक्सी चलाउने गरी प्रदेश सरकारले मापदण्ड ल्याएको हो । नयाँ मापदण्ड अनुसार साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।
यसैगरी गत बुधबार बीवाईडी ई६ इलेक्ट्रिक कारलाई फ्लिट सर्भिसको रुपमा प्रयोग गर्न सकिने गरी स्पार्क ग्रुपले एकैपटक ५० गाडीको अर्डर गरेको समाचार सार्वजनिक भएको छ ।
बीवाईडी र स्पार्क ग्रुपले आगामी दिनमा बीवाईडी ई६ मार्फत नेपालमा लक्जरी इलेक्ट्रिक भेइकल फ्लिट अपरेसन संचालन गर्नेछन् । यसबाट कर्पोरेट र प्राइभेट सबै प्रकारका ग्राहकले सुविधा पाउने विश्वास गरिएको छ । हाल ५ वटा कार हस्तान्तरण गरिएको छ र आगामी दिनमा अन्य कार समेत हस्तान्तरण गरिने बताइएको छ ।
नेपाली बजारमा पहिले देखि नै उपलब्ध बीवाईडी ई६ प्योर इलेक्ट्रिक फ्रन्ट ह्विल ड्राइभ युटिलिटी भेइकल तथा क्रसओभर एसयूभी हो । यसमा प्रशस्तै इन्टेरियर स्पेस छ भने ६ वटा एयरब्याग छन् । यो गाडीमा ९० किलोवाट इलेक्ट्रिक मोटर छ भने यसमा भएको ८० किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।
साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले नेपालमा इलेक्ट्रिक सवारी प्रवद्र्धनका लागि आफूहरुले धेरै कार्य गरिरहेको बताउदै बीवाईडीका प्रदूषणमुक्त सवारी साधनमार्फत सुरक्षित, भरपर्दो र हरित यातायात सुविधा उपलब्ध गराउनका लागि सेल्फ ड्राइभलाई उपयुक्त देखेर सहकार्यको थालनी गरिएको बताए ।
यस अनुसार आगामी दिनमा कुनै पनि कर्पोरेट वा प्राइभेट ग्राहकले बीवाईडीको सो कारलाई आफ्नो सुविधाका लागि भाडामा प्रयोग गर्न सक्ने छन् । अहिले सम्म पेट्रोलियम गाडी नै प्रयोग भइरहेकोमा अब बीवाईडीको सो कारलाई समेत स्पार्क ग्रुपको सहायक कम्पनी सेल्फ ड्राइभ नेपालमार्फत प्रयोग गर्न सकिने छ ।
यस्तै प्रकारको सुविधा दीगो ग्रुप अफ कम्पनिजले समेत पहिले देखि नै उपलब्ध गराइरहेको छ । काठमाडौंबाट गोर्खाको मनकामना सम्म सिर्जना बिनायक ट्रान्सपोर्टले ९९९ रुपैयाँमै आवतजावत गर्न सकिने व्यवस्था दीगोले गरेको छ ।
नेपाली बजारमा उपलब्ध दीगोका दुई मिनी बस २० सिटे जोयलङ ई६ र ११ सिटे साइनरी यसका लागि प्रयोग गर्न सकिन्छ । एसीको पूर्ण सुविधा भएका यी गाडी सहज र आरामदायी छन् । इलेक्ट्रिक भएकाले गाडीमा वान्ता आउने वा अन्य समस्याबाट समेत मुक्ति पाइने कम्पनीको भनाइ छ ।
यी विभिन्न उदाहरणका आधारमा भविष्यमा इलेक्ट्रिक सवारी साधनलाई दैनिक जीवनको लागि सर्वसाधारणले समेत उपयोग गर्न सक्ने सम्भावना देखिएको छ । यद्यपि यसका लागि सरकारी निकायको थप सहयोग र सौहाद्र्रपूर्ण वातावरणको निर्माणका लागि आवश्यक व्यवस्थापन भने जरुरी छ ।
काठमाडौं – बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक...
काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...