सेरेसको शोरुम खुल्यो पोखराको नागढुंगामा, ग्राहकलाई गाडी हस्तान्तरण
पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने...
काठमाडौं - विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला, काठमाडौंको स्वयम्भू नजिकै ठूलो भ-याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरुम एक भव्य समारोहबीच उद्घाटन गरिएको छ ।
यो शोरूम जीरो इमिसन राइड एनको १४औं अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी इकुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कुटरहरू उपलब्ध गराउनेछ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा राइडर्स युनियन नेपालका अध्यक्ष माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गरे । उनले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्धनात्मक पहलको प्रशंसा गरे ।
कार्यक्रममा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेडकी शाखा प्रबन्धक श्रीमती रञ्जना पन्नाचन र अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे ।
शोरूममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा र टेस्ट राइडको व्यवस्था गरिएको छ । यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कुटर डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन् ।
लुयान ६ वर्षदेखि नेपालमा बिक्री भइरहेको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कुटरको ब्रान्ड भएकाे र ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको कम्पनीकाे दावी छ।
पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने...
काठमाडौं – प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट...
गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...