अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको स्कुटर कुनै पनि शिक्षक वा विद्यार्थीको लागि १० हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ ।

‘तपाईको रोजाई कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ स्कुटर शिक्षक तथा विद्यार्थीले पाउने छन् ।

यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ ।

शिक्षक तथा विद्यार्थीको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागू गरेको बताएको छ ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

विद्यार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री...

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

काठमाडौं – सरकारले १ हजार ५ सय सीसी भन्दा बढी क्षमताका कार, जिप र भ्यानको...

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...