भारतको सबैभन्दा उच्च स्थानमा इलेक्ट्रिक चार्जिङ स्टेसनको स्थापना

हिमाचल प्रदेशको लाहौल–स्पीति जिल्लाको काजामा विश्वको सबैभन्दा अग्लो इलेक्ट्रिक चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पुणेस्थित स्टार्टअप कम्पनी गो इगो नेटवर्कले बिहीबार यस क्षेत्रमा दुई चार्जिङ स्टेसनको उद्घाटन गरेको थियो । उक्त चार्जिङ स्टेसनमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे इलेक्ट्रिक सवारी साधन चार्जिङ गर्न सकिनेछ ।

सो चार्जिङ स्टेसन ३,७२० मिटरको उचाईमा अवस्थित छ । सो स्थान भारतको सबैभन्दा उच्च स्थानमा रहेको छ । यहाँको तापक्रम जाडोमा माइनस २० डिग्री सेल्सियस भन्दा कम हुन्छ । एक बर्षमा लगभग चार महिनाको लागि भारी हिमपातको कारण काजाको सम्पुर्ण सम्पर्क बन्द हुन्छ । चार्जिङ स्टेशन स्थापना गर्ने कम्पनी गो इगो नेटवर्कले उक्त स्थानमा चार्जिङ स्टेसन स्थापनाले फाइदा हुने र वातावरण सफा बनाउनमा मद्दत गर्ने जानकारी दिइएको छ ।

कम्पनीले यहाँ दुईवटा इलेक्ट्रिक स्कुटर परीक्षणका लागि पठाएको छ । कम्पनीका ब्राण्ड हेड वरद मौर्यले टोलीका दुई सदस्य मनालीबाट काजा इलेक्ट्रिक स्कुटीमा आएको र यस समयमा स्कुटीको लागि तीन पटक चार्ज गर्नु परेको जानकारी प्रष्ट पारेका छन् । साथै यहाँ स्टेशसको परीक्षण सफल भएमा अन्य स्टेसन पनि स्थापित गर्ने जानकारी दिएका छन् ।

कम्पनीको बजार सञ्चार प्रमुख मानवीले मेक इन इन्डिया अन्तर्गत देश भरमा चार्जिङ स्टेसनहरु स्थापित गर्ने बताएका छन् । एक साधारण इलेक्ट्रिक स्कुटर फुल चार्ज हुनका लागि ४ देखि ५ घन्टा लाग्छ । इलेक्ट्रिक स्कुटर शहरी क्षेत्रमा फुल चार्जमा ९५ किमीको रेन्ज प्रदान गर्छ तर काजा जस्तो क्षेत्रमा ७० देखि ७५ किमीको रेन्जमा चलाउन सकिने जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

भविष्यको ब्याट्री प्रविधि बन्दै छ सोलिड स्टेट : हालको ईभी ब्याट्री उत्सर्जनलाई करिव ४० प्रतिशत घटाउने

भविष्यको ब्याट्री प्रविधि बन्दै छ सोलिड स्टेट : हालको ईभी ब्याट्री उत्सर्जनलाई करिव ४० प्रतिशत घटाउने

इलेक्ट्रिक सवारी साधनको वारेमा कसैले आलोचना गर्नु प¥यो भने सबैभन्दा पहिले...

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा, एक्सचेन्ज र टेष्ट ड्राइभ सप्ताह सुरु

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा, एक्सचेन्ज र टेष्ट ड्राइभ सप्ताह सुरु

काठमाडौं– ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा विस्तार भएको छ । नेपालका...

तीन महिनामा बीवाईडीले बिक्री गर्यो २ लाख ६४ हजार ईभी, ८७ प्रतिशतले वढ्यो बिक्री

तीन महिनामा बीवाईडीले बिक्री गर्यो २ लाख ६४ हजार ईभी, ८७ प्रतिशतले वढ्यो बिक्री

चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...