अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल इलेक्ट्रिक कारलाई पूर्ण रूपमा चार्ज हुन ३ देखि ४ घण्टा लाग्ने गर्छ, तर अब यस्तो हुने छैन। चिनियाँ इलेक्ट्रिक कार निर्माण कम्पनी बीवाईडीले आफ्नो नयाँ सुपर ई-प्लेटफर्म १००० को घोषणा गरेको छ, जसले विश्वकै सबैभन्दा छिटो चार्जिङ प्रविधि उपलब्ध गराउनेछ ।

बीवाईडीको सुपर ई-प्लेटफर्म १००० ले १००० किलोवाटसम्मको चार्जिङ स्पिड समर्थन गर्छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो चार्जिङ स्पिड हो । सो चार्जिङ स्पिड टेस्लाको ५०० किलोवाट चार्जिङ स्पिडको दोब्बर हो । यस कारणले गर्दा पेट्रोल र डिजेल भर्न जति समय लाग्छ चार्जिङ स्टेशनमा पनि त्यति नै समय लाग्नेछ । यस प्रविधिले इलेक्ट्रिक कार उद्योगमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको छ ।

सो प्रविधिको विकासले इलेक्ट्रिक कारलाई अझ व्यावहारिक बनाउने अनुमान गरिएको छ । यसले गाडी चार्ज गर्न घण्टौ समय कुर्नु पर्ने आवश्यकता हट्नेछ। केवल ५ मिनेटको चार्ज पछि ४०० किलोमिटर रेन्ज प्राप्त गर्न सकिने भएकाले इलेक्ट्रिक कारले पेट्रोल र डिजेल गाडीलाई प्रत्यक्ष चुनौती दिनेछ ।

यसमा बीवाईडीले ब्लेड ब्याट्री प्रयोग गरेको छ, जसले फास्ट आयन ट्रान्सफर र कम रेजिस्टेन्सको कारण तीव्र गतिमा चार्जिङ हुन्छ । सो नयाँ सुपर ई-प्लेटफर्म पहिलो पटक बीवाईडीको दुई नयाँ ईभी मोडल हान एल सेडान र तान एल एसयूभीलाई चार्ज गर्न प्रयोग गरिनेछ । सो एसयूभीको बिक्री चीनमा सुरु भइसकेको छ, जसलाई अप्रिल २०२५ मा लन्च गरिने छ।

हाल बीवाईडीले चीनमा ४ हजार भन्दा बढी सुपर-फास्ट चार्जिङ युनिट स्थापना गर्ने लक्ष्य राखेको छ, जसले सो नयाँ प्लेटफर्मलाई समर्थन गर्नेछ। कम्पनीले सो चार्जिङ युनिटका साथै इनर्जी स्टोरेज सुविधा पनि थप्ने योजना बनाइरहेको छ ।

बीवाईडीको सुपर ई-प्लेटफर्म चीनको लागि मात्र नभई विश्वव्यापी इलेक्ट्रिक कार बजारको लागि पनि गेम चेन्जर साबित हुन सक्छ । विश्व बजारमा यसले इलेक्ट्रिक सवारी साधन चार्ज गर्ने चिन्ता कम गर्नेछ र चार्जिङ स्पिडको हिसाबले यसले टेस्ला जस्ता कम्पनीलाई चुनौती दिन सक्छ ।

सम्बन्धित समाचारहरू

जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ...

ओमोडा नेपालले इलेक्ट्रिफाइङ कस्टमरका लागि आयोजना ग-यो इनोभेसन तथा फन कार्यक्रम

ओमोडा नेपालले इलेक्ट्रिफाइङ कस्टमरका लागि आयोजना ग-यो इनोभेसन तथा फन कार्यक्रम

काठमाडौं – ओमोडा नेपालले आफ्नो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न...

चीनमा ईभी र हाइब्रिड कारको बिक्री दर ५० प्रतिशत पुग्यो

चीनमा ईभी र हाइब्रिड कारको बिक्री दर ५० प्रतिशत पुग्यो

विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ईभी र हाइब्रिड कारको बिक्री दर ५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...