अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल इलेक्ट्रिक कारलाई पूर्ण रूपमा चार्ज हुन ३ देखि ४ घण्टा लाग्ने गर्छ, तर अब यस्तो हुने छैन। चिनियाँ इलेक्ट्रिक कार निर्माण कम्पनी बीवाईडीले आफ्नो नयाँ सुपर ई-प्लेटफर्म १००० को घोषणा गरेको छ, जसले विश्वकै सबैभन्दा छिटो चार्जिङ प्रविधि उपलब्ध गराउनेछ ।

बीवाईडीको सुपर ई-प्लेटफर्म १००० ले १००० किलोवाटसम्मको चार्जिङ स्पिड समर्थन गर्छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो चार्जिङ स्पिड हो । सो चार्जिङ स्पिड टेस्लाको ५०० किलोवाट चार्जिङ स्पिडको दोब्बर हो । यस कारणले गर्दा पेट्रोल र डिजेल भर्न जति समय लाग्छ चार्जिङ स्टेशनमा पनि त्यति नै समय लाग्नेछ । यस प्रविधिले इलेक्ट्रिक कार उद्योगमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको छ ।

सो प्रविधिको विकासले इलेक्ट्रिक कारलाई अझ व्यावहारिक बनाउने अनुमान गरिएको छ । यसले गाडी चार्ज गर्न घण्टौ समय कुर्नु पर्ने आवश्यकता हट्नेछ। केवल ५ मिनेटको चार्ज पछि ४०० किलोमिटर रेन्ज प्राप्त गर्न सकिने भएकाले इलेक्ट्रिक कारले पेट्रोल र डिजेल गाडीलाई प्रत्यक्ष चुनौती दिनेछ ।

यसमा बीवाईडीले ब्लेड ब्याट्री प्रयोग गरेको छ, जसले फास्ट आयन ट्रान्सफर र कम रेजिस्टेन्सको कारण तीव्र गतिमा चार्जिङ हुन्छ । सो नयाँ सुपर ई-प्लेटफर्म पहिलो पटक बीवाईडीको दुई नयाँ ईभी मोडल हान एल सेडान र तान एल एसयूभीलाई चार्ज गर्न प्रयोग गरिनेछ । सो एसयूभीको बिक्री चीनमा सुरु भइसकेको छ, जसलाई अप्रिल २०२५ मा लन्च गरिने छ।

हाल बीवाईडीले चीनमा ४ हजार भन्दा बढी सुपर-फास्ट चार्जिङ युनिट स्थापना गर्ने लक्ष्य राखेको छ, जसले सो नयाँ प्लेटफर्मलाई समर्थन गर्नेछ। कम्पनीले सो चार्जिङ युनिटका साथै इनर्जी स्टोरेज सुविधा पनि थप्ने योजना बनाइरहेको छ ।

बीवाईडीको सुपर ई-प्लेटफर्म चीनको लागि मात्र नभई विश्वव्यापी इलेक्ट्रिक कार बजारको लागि पनि गेम चेन्जर साबित हुन सक्छ । विश्व बजारमा यसले इलेक्ट्रिक सवारी साधन चार्ज गर्ने चिन्ता कम गर्नेछ र चार्जिङ स्पिडको हिसाबले यसले टेस्ला जस्ता कम्पनीलाई चुनौती दिन सक्छ ।

सम्बन्धित समाचारहरू

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी...

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...