आउने भयो हृदयघातबाट बचाउने इलेक्ट्रिक कार, अर्को वर्ष लन्च हुने सम्भावना

विश्वभर तीव्र गतिमा बढ्दो सडक दुर्घटनाका कारण अहिले सुरक्षित कारको माग निकै बढेको छ । चालक र यात्रुलाई यात्रा गर्दा बढीभन्दा बढी सुरक्षित बनाउन सकोस् भन्नका लागि बढी सेफ्टी फिचर भएको कार बजारमा उपलब्ध हुन थालेका छन् ।

चीनको एक इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनीले चाँडै नै कारमा सवारी चालकलाई हृदयघात जस्ता गम्भीर घटनाबाट जोगाउने कार लन्च गर्न लागेको छ ।

उक्त कम्पनीका एक अधिकारीले सो कार अर्को वर्ष लन्च गर्न सक्ने जानकारी दिएका छन्, जसको डेलिभरी सन् २०२४ मा सुरु हुनेछ । यस कारको नाम जीटी ओपस १ हुनेछ, जसको मूल्य बीएमडब्ल्यु एजी र पोर्से एजीको ७ सिरिजका लक्जरी कारहरूसँग बराबर हुनेछ ।

कारमा सेन्सर र क्यामेरा जडान गरिने छ, जसले चालकको अत्यावश्यक संकेतहरू निगरानी गर्न सक्नेछ । यदि ड्राइभिङ गर्दा असामान्य लक्षणहरू पत्ता लागेमा, कारको आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्सले चालकसँग कुरा गर्नेछ । यदि चालकले कुनै जवाफ नदिएमा अटोनोमस ड्राइभिङ सिस्टमले कारलाई सुरक्षित स्थानमा पु¥याउनेछ । यसपछि कारमा भच्र्युअल डाक्टरले स्मार्ट ककपिटको स्क्रिनबाट बिरामीको जाँच गर्नेछ ।

सम्बन्धित समाचारहरू

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...

होर्मुजमा नाकाबन्दी गर्ने तयारी, फेरि आकासियो तेलको मूल्य

होर्मुजमा नाकाबन्दी गर्ने तयारी, फेरि आकासियो तेलको मूल्य

काठमाडौँ–अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै...

चैतसम्म पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने तयारी

चैतसम्म पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने तयारी

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...