दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले आफ्नो पहिलो र सबैभन्दा सस्तो इलेक्ट्रिक कार ईजी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो इलेक्ट्रिक कार भारतमा नोभेम्बर १६ मा लन्च गर्न लागेको छ ।
पीएमभी ईजी कार माइक्रो इलेक्ट्रिक कार हुनेछ । यो कार आकारमा मारुती अल्टो भन्दा सानो हुनेछ र यसमा ४ सिट क्षमता हुनेछ । सो कारको लम्बाई २९१५ एमएम, चौडाइ ११५७ एमएम, उचाई १६०० एमएम, ह्विलबेस २०८७ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम हुनेछ । यसको वजन लगभग ५५० किलोग्राम हुनेछ ।
पीएमभी ईजी कारमा १० केडब्ल्युएच लिथियम आइरन फस्फेट ब्याट्रीको साथमा १५ केडब्ल्युएच पीएमएसएम इलेक्ट्रिक मोटर जडान गरिनेछ । यसको टप स्पिड ७० किमी प्रतिघण्टा हुनेछ । कम्पनीका अनुसार सो इलेक्ट्रिक कार ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा प्रति चार्ज १२० किलोमिटरदेखि २०० किलोमिटरको रेन्ज दिइनेछ ।
कम्पनीले सो कार मिड भेरिएन्ट र टप भेरिएन्ट लन्च गर्न सक्छ । सो कार १० रंगमा उपलब्ध हुनेछ । यसको १६० किमी रेन्जको माइक्रो इलेक्ट्रिक कारको मूल्य ४ देखि ५ लाख भारु हुने सम्भावना छ ।
पीएमभी इलेक्ट्रिकका संस्थापक कल्पित पटेलले सो माइक्रो इलेक्ट्रिक कार डायरेक्ट–टू–कन्ज्युमर विजनेस मोडलको आधारमा बिक्री गरिने बताए । सो कार वार्षिक १५ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।
सो कारको डिजाइन केही हदसम्म सिट्रोन एएमआई र एमजी ई२०० सँग मिल्दोजुल्दो छ । सो कारले टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – अन्ततः यात्री मोटरसाइकलले नम्बर प्लेट पाएको छ । बाइक निर्माता...
काठमाडौं – नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...