यी हुन् ईभी चार्जिङका क्रममा हुने दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानी

इलेक्ट्रिक कार चार्ज गर्ने क्रममा भारतमा हालै भएको आगलागीले ठुलो मानवीय क्षति निम्त्याएको छ। चार्जिङका क्रममा सर्ट सर्किट भएपछि सुरु भएको आगो घरभित्र रहेका ग्यास सिलिन्डरमा फैलिँदा लगातार विस्फोट भएकाे थियाे। आगलागीले तीन तले भवनलाई पूर्ण रूपमा घेरेको थियो, जसका कारण आठ जनाको ज्यान गएको छ भने धेरै जना घाइते भएका छन् । यो घटना भारतको इन्दोर शहरमा भएको थियो ।

यो दर्दनाक घटनाले इलेक्ट्रिक सवारी चार्जिङ गर्दा अपनाउनुपर्ने सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। पेट्रोल र डिजेलको तुलनामा किफायती मानिने इलेक्ट्रिक सवारी प्रयोग बढ्दै जाँदा यससँग सम्बन्धित जोखिमप्रति पनि सचेत रहनुपर्ने देखिएको छ।

रिपोर्टका अनुसार इलेक्ट्रिक सवारी चार्ज गर्दा उच्च भोल्टेजको बिजुली प्रयोग हुने भएकाले सानो लापरवाहीले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले चार्जरको सही स्थापना अत्यन्त आवश्यक हुन्छ। गलत वायरिङ, कमजोर जडान वा मापदण्डअनुसार नजोडिएको चार्जरले सर्ट सर्किट वा अत्यधिक तापक्रमको जोखिम बढाउँछ। यसकारण चार्जर जडान गर्दा अनुभवी प्राविधिकको सहयोग लिनु उपयुक्त हुन्छ।

यसैगरी, सधैं कम्पनीले उपलब्ध गराएको चार्जर प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ। सस्तो वा लाेकल चार्जर प्रयोग गर्दा गलत जडानका कारण ब्याट्री अत्यधिक तात्ने र आगलागीको जोखिम बढ्ने सम्भावना रहन्छ। प्रत्येक सवारी कम्पनीले आफ्नो ब्याट्री क्षमता र भोल्टेजअनुसार चार्जर डिजाइन गरेको हुन्छ, त्यसैले गैर-प्रमाणित उपकरण प्रयोग गर्नु खतरनाक हुन सक्छ।

चार्जिङ गर्ने स्थानमा उचित हावाप्रवाह पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। बन्द कोठा वा ग्यारेजमा चार्ज गर्दा तापक्रम बढेर आगलागीको जोखिम हुन सक्छ। त्यसैले चार्जिङ गर्ने स्थानमा झ्याल वा स्काइलाइटजस्ता भेन्टिलेसनको व्यवस्था हुनुपर्छ। साथै, सो स्थानमा ग्यास सिलिन्डर वा अन्य ज्वलनशील पदार्थ नराख्न विज्ञहरूले सुझाव दिएका छन्।

विशेषगरी रातभर कार चार्जमा छोड्ने बानीलाई पनि जोखिमपूर्ण मानिएको छ। मोबाइल फोनजस्तै रातभर चार्जमा राख्ने अभ्यास इलेक्ट्रिक सवारीमा सुरक्षित हुँदैन। कार पूर्ण रूपमा चार्ज भएपछि तुरुन्तै चार्जर हटाउनुपर्ने हुन्छ। लामो समयसम्म १०० प्रतिशत चार्ज अवस्थामा प्लग इन राख्दा ब्याट्रीको आयु घट्नुका साथै सुरक्षा जोखिम पनि बढ्न सक्छ।

सम्बन्धित समाचारहरू

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाले सार्वजनिक गर्ने तयारी गरिरहेको पहिलो इलेक्ट्रिक कार इनायक आइभी...

मर्सिडिजले गुगल म्याप र युट्युबसहित कार अपडेट गर्ने

मर्सिडिजले गुगल म्याप र युट्युबसहित कार अपडेट गर्ने

लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आफ्नो कारमा नेभिगेसन सुधार...

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...