इलेक्ट्रिक कार र बाइक पछि अब इलेक्ट्रिक एयरप्लेन, फुल चार्जमा १०४६ किलोमिटर उड्न सक्ने

विश्वभर इलेक्ट्रिक भेइकलको ट्रेन्ड बढ्दै गइरहेको छ । पछिल्लो समयमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । हाल बजारमा इलेक्ट्रिक कार, बाइक र स्कुटर उपलब्ध छ । रिपोर्ट अनुसार केही कम्पनीले इलेक्ट्रिक एयरप्लेन पनि बनाएका छन् ।

इलेक्ट्रिक एयरप्लेन स्टार्टअप इभिएसन एयरक्राफ्ट लिमिटेड कम्पनीले इलेक्ट्रिक एयरप्लेन एलिस कम्युटर एयरक्राफ्ट निर्माण गरेको छ । सो इलेक्ट्रिक एयरप्लेनले यही वर्ष पहिलो उडान भर्ने भएको छ ।

कम्पनीका अनुसार कोरोना महामारीको कारणले गर्दा सो इलेक्ट्रिक एयरप्लेन परीक्षणमा १ वर्ष ढिला भएको छ । एलिस कम्युटरले एकसाथ प्यासेन्जरलाई लिएर फुल चार्जमा १०४६ किलोमिटरको उडान भर्न सक्ने क्षमता रहेको छ । सो उडान सानो सिटीको लागि उपयुक्त भएको कम्पनीले जानकारी दिएको छ ।

सो इलेक्ट्रिक एयरक्राफ्ट एलिस कम्युटरको विशेषता भनेको यसमा भर्टिकल टेकअफको भन्दा टे«डिसनल फिक्स्ड विङ डिजाइन समावेश गरिएको छ । सो एयरप्लेन ईभीटोल प्लेन भन्दा ठूलो रहेको छ । यसको टी शेप्ड टेलको ठाउँमा भी शेप्ड टेल समावेश गरिएको छ । यसमा विंग्समा प्रोपल्शनको लागि २ इलेक्ट्रिक इन्जिन समावेश गरिएको छ ।

कम्पनीका सीईओका अनुसार कम्पनीसँग हाल एलिस कम्युटर एयरक्राफ्ट १५० भन्दा बढी अर्डर आएको छ । जसमा क्याप एयरको साथमा अमेरिकी र ब्रिटिश कम्पनी पनि समावेश रहेको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...