लुयान इलेक्ट्रिक स्कुटरमा भएको ‘आयल कुल्ड हव’ मोटर के हो ? के छन् यसका विशेषता ?
इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड लुयानका नेपाली बजारमा विभिन्न मोडलका...
जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको छ जसलाई अन्तरिक्ष यात्री चन्द्रमामा ड्राइभ गरिने छ । टर्डिग्रेड नामको सो बाइक १५ किलोमिटर प्रतिघन्टाको गतिमा यात्रा गर्न सक्छ । करिब ५० वर्ष पहिले चन्द्रमामा मानव पाइला राखेपछि यो अर्को माइलस्टोन साबित हुने विश्वास गरिएको छ ।
टर्डिग्रेडमा लेजर–कट आल्मुनियम फ्रेमको प्रयोग र ड्युपोन्टद्वारा प्रदान गरिएको केवलर कभर प्रयोग गरिएको छ । जसले ड्राइभट्रेनलाई पृथ्वीको वायुमण्डल बाहिरको विकिरणबाट जोगाउछ ।
ड्राइभट्रेन स्वीडिश इलेक्ट्रिक मोटरसाइकल निर्माता केकद्वारा प्रदान गरिएको थियो । कम्पनीले धेरैजसो इलेक्ट्रिक बाइकहरुमा १० केडब्ल्यु मोटरको उपयोग गर्छ । यो चन्द्र रोभरको चार १९० वाट क्षमताको मोटरको तुलनामा पावरमा ठूलो अपग्रेड हुनेछ । यसको कुल पावर ०.७६ केडब्ल्यु पावर रहेको छ ।
ड्राइभट्रेन यो भन्दा पनि सरल थियो । ठूलो एयरलेस बेलुन टायर डिजाइन गर्नका लागि धेरै क्रिएटिभिटीको आवश्यकता पर्छ । बाइकको रिम्समा सुरक्षित १२ पोलीयुरेथेन ट्रेड मोड्युलको प्रयोग गरिएको थ्रीडी प्रिन्टेड छ । चन्द्रमाको सतहमा मोड्युल बिग्रिएमा र प्रतिस्थापन आवश्यक परेमा एयरलेस टायरहरू सजिलै मर्मत गर्न सकिने गरी डिजाइन गरिएको छ । इलेक्ट्रिक मुन मोटरसाइकलमा नासाले सन् १९६० देखि निरन्तर काम गरिरहेको थियो ।
यद्यपि हुकीको यो इलेक्ट्रिक बाइक कन्सेप्ट मात्र हो अहिले । आगामी दिनमा नासालगायतका अन्तरिक्ष एजेन्सीसँग सहकार्यका लागि योजना बन्ने अनुमान भने लगाउन सकिन्छ ।
इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड लुयानका नेपाली बजारमा विभिन्न मोडलका...
भारतीय बजारमा इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ।...
सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...