रुसले कार र अटो पार्ट्सको निर्यात लगायो प्रतिबन्ध : कस्तो होला प्रभाव

रुसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म अमेरिका र युरोपका देशले रुसमाथि कैयौ प्रतिबन्ध लगाएका छन् । यसैको प्रतिक्रिया स्वरुप रुसले पनि २०० भन्दा बढी कार र अटो पार्ट्सको निर्यातमा प्रतिबन्ध लगाएको छ । रुस–युक्रेन युद्वले रुसमा मात्र नभई विश्वभरको अटो उद्योगलाई असर गरिरहेको छ । रुसले लगाएको प्रतिबन्धको कारण अटो क्षेत्रमा आवश्यक सेमीकन्डक्टरको संकट बढ्ने अनुमान गर्न सकिन्छ ।

रुसले कार र अटो पार्टपुर्जाको निर्यातमा लगाएको प्रतिबन्ध यस वर्षको अन्त्यसम्म कायम रहनेछ । रुसले सवारी साधन, दूरसञ्चार, औषधि, कृषि, इलेक्ट्रिक उपकरण र काठमा प्रतिबन्ध लगाएको छ । रूस विरुद्ध शत्रुतापूर्ण कारबाही गर्ने राज्यहरूमा काठ निर्यातमा निलम्बन गरेको रुसले जानकारी दिएको छ ।

रुस र युक्रेनको युद्वले धेरै कार निर्माताहरूले रसियामा रहेको आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेका छन् । यी कम्पनीहरूमा होन्डा, टोयोटा, फक्सवागन, जनरल मोटर्स, ज्यागुआर ल्यान्डरोभर, मर्सिडिज बेन्ज जस्ता कार निर्माताहरू छन् ।

जिप, फियट र प्युजोजस्ता ब्रान्डको स्वामित्वमा रहेको स्टेलान्टिस पनि बिहीबार यो सूचीमा सामेल भएको छ । कम्पनीले रुसमा कारको आयात र निर्यातमा रोक लगाएको जनाएको छ । स्टेलान्टिसको रूसको कालुगामा एउटा उत्पादन कारखाना छ, जुन मित्सुबिशीसँगको साझेदारीमा स्वामित्वमा रहेको छ ।

यद्यपि हुन्डाईले भने भर्खरै आपूर्ति श्रृंखला अवरोधका कारण रोकिएको उत्पादन पुनः सुरु गर्न खोजिरहेको घोषणा गरेको छ । तर, कार र अटो पार्ट्सको निर्यातमा रुसले लगाएको प्रतिबन्ध यथावत रह्यो भने हुन्डाईलाई पुनः सञ्चालनमा ल्याउन गाह्रो हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बैशाख यता मात्र ३ एसेम्बल उद्योग दर्ता : नेपालमै सवारी उत्पादनमा जोड

बैशाख यता मात्र ३ एसेम्बल उद्योग दर्ता : नेपालमै सवारी उत्पादनमा जोड

काठमाडौं – सरकारले विदेशबाट गाडी आयातमा प्रतिबन्ध लगाइरहेको अवस्थामा...

नेपालमै बनेको यति हेल्मेटको कथा : माग धेरै, उत्पादन थोरै

नेपालमै बनेको यति हेल्मेटको कथा : माग धेरै, उत्पादन थोरै

नेपालमै बनेको हेल्मेट । कुनै हेल्मेटमा बुद्ध र कुनैमा महादेवको तस्बिर छ ।...

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

यी तीन फिचर नभए पनि फरक पर्दैन, तर चर्चा धेरै

सवारी साधनमा धेरै फिचर छन्, जुन दैनिक जीवनमा विरलै प्रयोग गरिन्छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...