मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह
काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...
काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
यस अनुसार अब निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाममा बस्नुु पर्दैन । भुक्तनीदेखि लाइसेन्स आवेदनका सबै प्रक्रिया अनलाइनबाटै गरिने छ ।
प्रदेशले मातहतका यातायात कार्यालयहरूमा इडिएलको तयारी अन्तिम चरणमा पु–याएको छ । मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाका अनुसार अबको दुई हप्तामा इडिएल प्रणाली लागू हुनेछ । त्यसपछि लाइसेन्सको आवेदन दिनेहरूले सबै प्रक्रिया अनलाइनबाट गर्ने र कहीँकतै लाममा बस्न जानु पर्दैन ।
त्यसका लागि राष्ट्रिय परिचयपत्रसँग लिङ्कअप गरिएको छ । जहाँ लाइसेन्सका लागि चाहिने बायोमेट्रिक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लिइन्छ ।
उक्त काम पहिले यातायात व्यवस्था विभागले गर्दै आएको थियो । विभागकै नियन्त्रणमा रहन्थ्यो तर अब भने बागमती प्रदेश सरकारले आफैँ गर्ने भएको हो ।
यो प्रणाली लागू भए पश्चात सवाग्राहीलाई लाइसेन्स लिन सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...
काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड...
काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...