नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

काठमाडौं– केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको ईकुटर ब्रान्डको इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ । प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई जेरो एमिसन राइड एनले नेपाली बजारमा पुनः प्रस्तुत गरेको हो ।

हालै नेपाली सडकमा ईकुटर स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ । यस विषयमा थप जानकारी लिन खोज्दा जेरो एमिसन राईड एनका सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गरे । उनका अनुसार, ईकुटर स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ । ‘अहिले स्कुटरको आन्तरिक परीक्षण भइरहेको छ । यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ’ उनले भने ।

जेरो एमिसन राईड एनले विगत लामो समयदेखी लुयान ब्रान्डका स्कुटर समेत आयत गरि बिक्री गर्दै आएको छ । कम्पनीले देशका विभिन्न स्थानमा डिलर नेटवर्क समेत विस्तार गरिसकेको छ भने बिक्री पछिको सेवाका लागि सबैभन्दा धेरै नेटवर्क बनाएको छ ।

ईकुटरको पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ । यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ । कम्पनीले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी मोटरले जेडएस ईभीको फेसलिफ्ट युरोपेली बजारमा सार्वजनिक गरेको छ ।...

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

क्यालिफोर्नियामा बस्ने म्यालोरी हार्कोर्टका महिलाले टेस्ला कम्पनी माथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...