के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

ई१० र ई२० इथानोलको मिश्रित इन्धन हो । जसलाई परम्परागत पेट्रोल र इथानोलको मिश्रण भनेर पनि बुझ्न सकिन्छ । मकै, उखु, वा अन्य बोटबिरुवा सामग्रीहरू जस्ता नवीकरणीय स्रोतहरूबाट बनेको ई१० र २० ले मिश्रणमा इथानोलको प्रतिशतलाई बुझाउँछ । 

ई१० मा १० प्रतिशत इथानोल र ९० प्रतिशत पेट्रोल हुन्छ । यो धेरै देशहरूमा सामान्यतया उपलब्ध छ । अहिलेको अवस्थासम्ममा ई१० प्रयोग व्यापक रूपमा भएको छ । 

ई१० कार, ट्रक र मोटरसाइकल सहित अधिकांश आधुनिक पेट्रोल इन्जिनहरूमा प्रयोग गर्नुका साथै यसले इन्जिनलाई सुरक्षित बनाउन पनि मद्दत गर्छ । मिश्रणमा रहेको इथानोलले उत्सर्जन घटाउन मद्दत गर्छ र शुद्ध पेट्रोलको तुलनामा यसलाई वातावरणमैत्री मानिन्छ । 

यस्तै, ई२० इन्धनमा २० प्रतिशत इथानोल र ८० प्रतिशत पेट्रोलको मिश्रण हुन्छ ।  ई१० जस्तै, ई२० ले उत्सर्जन कम गर्न मद्दत गर्न सक्छ । तर, यो ई१० को तुलनामा पर्याप्त उत्पादन हुन सकेको छैन । 

ई१० ले स्वीकृत पाएसँगै धेरैजसो आधुनिक सवारी साधनहरूमा यसको प्रयोग भएको छ । तर, ई२० को विषयलाई अध्ययनको चरणमा रहेको देखिन्छ । यसको प्रयोग गर्ने विषयमा छलफल भइराख्दा सोही अनुसारको सवारीहरू तयार गर्ने कार्यहरू पनि चलिरहेका छन् । 

अहिले नै धेरै देशमा ई२० मान्यता पाइसक्दा ग्यास स्टेसनहरूमा ई१० बढी उपलब्ध छ । यसलाई नियमित पेट्रोल जस्तै प्रयोग गर्न सकिन्छ । इथानोल एक नवीकरणीय इन्धन हो । यसैले यसले शुद्ध पेट्रोलको तुलनामा हरितगृह ग्यास उत्सर्जन कम गर्छ । इथानोल स्वादमा पनि उत्पादन गर्न सकिने भएकाले यसले आयातित प्रेट्रोलियम पदार्थको निर्भरता कम गर्न सक्ने बताइन्छ । 

ई१० र ई२० प्रयोग गर्दा प्रेट्रोलियम पदार्थबाट बाहिरिने रकम पनि कम हुनेछ । नेपाल लगायतका देशमा पुराना इन्जिनका सावारी हुँदा यसको प्रयोग तत्काल सम्भव देखिँदैन । 

पुराना सवारीमा इथानोल मिश्रणहरू प्रयोग गर्न सक्षम नहुने भएकाले ई२० लाई अपनाउनकाे लागि धेरै देशहरूलाई गाह्रो भइरहेको छ । पुरानो उपकरणहरूमा ई१० वा ई२० प्रयोग गर्दा सवारीमा समस्या पनि देखा पर्न सक्छन् । स्वदेशमै भएको स्रोतबाट यसको उत्पादन गर्न सकिने भएकाले यसको सम्भाव्यताको अध्ययन धेरै देशहरूले गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...

रक्सौलको पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्‍याउने, सिलगुडीदेखि झापासम्म पनि बनाउने

रक्सौलको पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्‍याउने, सिलगुडीदेखि झापासम्म पनि बनाउने

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...