ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ ।

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र ब्लुबुक अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेको उनले बताए।

यहीँ असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते ब्लुवुक सहित पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचारहरू

लाइसेन्सका लागि अनलाइन आवेदन गर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध (सूचना सहित)

लाइसेन्सका लागि अनलाइन आवेदन गर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध (सूचना सहित)

काठमाडौं – सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन भर्दा एउटै आवेदकले...

यातायात व्यवस्था विभागले किन छापेन २ लाख ६० हजार स्मार्ट लाइसेन्स कार्ड ?

यातायात व्यवस्था विभागले किन छापेन २ लाख ६० हजार स्मार्ट लाइसेन्स कार्ड ?

काठमाडौं – यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले...

दैनिक कोटा तोकेर लाइसेन्स नवीकरण, राजस्व संकलन र वितरण प्रारम्भ

दैनिक कोटा तोकेर लाइसेन्स नवीकरण, राजस्व संकलन र वितरण प्रारम्भ

काठमाडौं – काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालयहरुले सवारी चालक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...